
काठमाडौँ । भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुल (ट्यारिफ)बारे तत्काल कुनै प्रतिक्रिया नजनाउने नीति लिएको देखिएको छ ।ट्रम्पको ट्यारिफ अट्याकले विश्वभरका अर्थतन्त्रलाई पतनोमुखी बनाइरहेका बेला कतिपयले जस्ताको तस्तै नीति लिएका छन् । तर भारतले कुनै प्रतिक्रिया नजनाएको देखिएको हो ।
ट्रम्पको ट्यारिफ अट्याकले भारतको शेयर बजार ७ अप्रिलका दिन ३ प्रतिशतले खस्किन पुगेको थियो । भारतका व्यापारीहरू चिन्तित रहेको भएपनि सरकारले भने यसलाई स्वाभाविक भनेर प्रतीक्षाको बाटो अपनाएको छ । बैंक र रियल्टी शेयरहरूमा सबै भन्दा बढी तेजी देखिएको हो ।
३ अप्रिलका दिन अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वभर ट्यारिफ लगाउने क्रममा भारत पर २६ प्रतिशत लगाए । चीनमाथि ३४ प्रतिशत थपेर ५४ प्रतिशत पु¥याइयो । यूरोपीय यूनियनमा २० प्रतिशत साउथ कोरियामा २५ प्रतिशत जापानमा २४ प्रतिशत वियतनाममा ४६ प्रतिशत र ताइवानमा ३२ प्रतिशत ट्यारिफ लगाइएको थियो ।यसको जवाफ चीनले अमेरिकामा ३४ प्रतिशत ट्यारिफ लगाउने घोषणा ग¥यो । यो १० अप्रिल देखि लागु हुने छ । चीनले लगाएको ट्यारिफ नहटाए अमेरिकाले थप ५० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पले चेतावनी दिएका छन् । ट्यारिफ वारले इकोनोमिक मन्दीको चिन्ता बढाइ दिएको छ । ट्यारिफ बढाइए वस्तु महँगो हुने र उपभोग घट्ने चिन्ता गरिएको छ ।
९ अप्रिलबाट परस्पर अतिरिक्त महसुल रेसिप्रोकल ट्यारिफ लगाइने छ । गत हप्ताको अन्तिम दिन ४ अप्रिल कारोबारमा सेन्सेक्स ९३० अंक (१.२२%)को गिरावट देखियो । सेन्सेक्स ७५,३६४मा बन्द भएको थियो । त्यसैगरी निफ्टीमा ३४५ अंक (१.४९%)को गिरावट देखिएको र २२,९०४मा बन्द भएको थियो ।
भारतले अमेरिकी ट्यारिफबाट खस्किएको भएपनि प्रतिक्रिया नजनाउनुको पछाडि दुई पक्षीय व्यापार सम्झौता गरी स्थिति अनुकूल बनाउन खोजेको देखिन्छ । ट्यारिफ लगाउने भनेपछि भारतको विदेशमन्त्री एस जयशंकरका नेता तथा प्रधामन्त्री नरेन्द्र मोदी समेत अमेरिका पुगेर आएका थिए । भारतले ट्यारिफको असर कम गर्न दुई पक्षीय व्यापार सम्झौता गर्ने योजना बनाएको छ । त्यसैले पर्ख र हेरको नीति लिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij