Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

आगामी बजेटमा  सवारी साधन उद्योग व्यवसायलाई महत्वपूर्ण क्षेत्रको रुपमा सामेल गर्न आग्रह

आगामी बजेटमा  सवारी साधन उद्योग व्यवसायलाई महत्वपूर्ण क्षेत्रको रुपमा सामेल गर्न आग्रह

  • काठमाडौँ । सरकारलाई सवारी साधनको क्षेत्रलाई आगामी वर्षको बजेटमा महत्वका साथ  राख्नुपर्ने आग्रह गरिएको छ ।अटोमोबाइल व्यवसायीहरूले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ’नाडा अटो डायलग’ कार्यक्रममा वर्तमान नीति तथा व्यवस्थाले  सवारी साधनको व्यवसायमा चुनौती थपिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

    नाडाका अध्यक्ष करण चौधरीले जनाए अनुसार सवारीसाधन जनताको आवश्यकता भइसकेको छ । उपभोक्ताहरूको गतिशीलता (मोबिलिटी) सहज नभए देशको समृद्धिमा अवरोध उत्पन्न हुन्छ । साथै अटोमोबाइल क्षेत्र केबल गाडी किनबेच गर्ने व्यापार मात्रै नभइ  रोजगारी, राजस्व र उद्योग प्रवद्र्धनसँग पनि गहिरो रूपमा जोडिएको क्षेत्र हो ।

    g1.jpg

    विद्युतीय सवारी साधन  (ईभी) किन्न दिइने कर्जा सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले केही समयअघि विद्युतीय सवारीमा लोन दिने सीमा अर्थात् ’लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ। गाडी व्यवसायीहरूहरूले यसप्रति असन्तुष्टि जनाउँदै आएका छन् । नाडा डायलगमा पनि यो असन्तुष्टि पोखियो ।

    अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका सवालमा सरकारका सुझाव संकलनको क्रममा रहेक बताए। उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने विश्वास दिलाए । मन्त्री पौडेलले अब यो क्षेत्र केवल आयातमै सीमित नभइ सवारी उत्पादनतर्फ पनि अघि बढिरहेको बताए । यो अर्थतन्त्रका लागि राम्रो संकेत भएको उनले जनाए ।

    g2.jpg

    ऋणको सीमाको सवालमा राष्ट्र बैंक एउटा स्वतन्त्र निकाय भएको बताउँदै उनले ले दुई निकायबीच समन्वय आवश्यक रहेको बताए।केही अध्यादेशहरू ल्याइसकिएको र कानुनको रुपमा काम आइसकेकाले निजी क्षेत्रलाई उत्साहका साथ काम गर्न सहयोग पुग्ने उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij