Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

एनएमबि क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

एनएमबि क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

  • काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले  वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लियो क्लब अफ कान्तिपुर, काठमाडौंका सदस्यहरुका लागि लगानी सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

    रानीपोखरीस्थित दरबार हाई स्कुलमा वित्तीय लगानी सम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।  सो कार्यक्रममा पोर्टफोलियो अफिसर राहुल खड्का र स्किम सहायक लचना शाक्यले संयुक्त रुपमा कार्यक्रममा वित्तीय साक्षरताबारे प्रस्तुति दिए । 

    सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराइएको थियो। कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको जानकारी दिइएको थियो। आगामी दिनहरुमा पनि देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij