Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

राप्रपाका स्वयंसेवकहरूले बल्खु सभाको फोहर सफा गरे

राप्रपाका स्वयंसेवकहरूले बल्खु सभाको फोहर सफा गरे

  • काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का स्वयंसेवकहरूले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर फोहर सफा गरेका छन् ।महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गरेका हुन् ।कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।’

    केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै  फोहर  आफैं सफा गर्ने बताएका थिए ।‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु ।’सभा सकिएपछि राप्रपाका स्वयंसेवकहरू फोहर संकलनमा खटिएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij