
काठमाडौं । नेपालमा सुनको मूल्यमा लगातार ४ कारोबार दिनको गिरावटपछि बुधबार वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुगेको छ। मंगलबार यसको मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार केही बढेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि मूल्यमा वृद्धि आएको बताइएको छ। यसका कारणहरूमा कमजोर अमेरिकी डलर र व्यापार युद्धका कारण उत्पन्न अनिश्चितता रहेका छन्, जसले सुनको भाउमा रिबाउन्ड भएको बजार विश्लेषकहरूले जनाएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij