
काठमाडौँ । पायोनियर इलेक्ट्रो केबल प्रालिले व्यवसायीलाई अनावश्यक टर्चर दिएको पीडित व्यवसायीहरूले बताएका छन् । पायोनियर केबलसँग कारोबार गरिरहेका व्यवसायीहरूलाई अनावश्यकरूपमा कालोसूचीमा राख्न लगाउने , अनावश्यक टर्चर दिने गरेको पीडित व्यवसायीहरूले बताएका हुन् ।
पायोनियर केबलसँग आफूहरूले पाँच लाखको चेक काटेर धरौटीमा राखेको र पायोनियर इलेक्ट्रो केबलबाट उत्पादित केबलहरूको बिक्री वितरण सुरु गरेको , नियमानुसार आफूहरूले ल्याएको सामानको भुक्तानी पनि गरिसकेको त्यति हुँदा पनि आफूहरूलाई अनावश्यकरूपमा दुख दिएको इकास इन्टरप्राइजेज प्रालिका सञ्चालक चन्दनकुमार रुंगटाले बताए । पायोनियर केबलले रुंगटाजस्तै अरु कयौँ व्यवसायीसँग धरौटीबापत चेक लिने अनि समान दिने , दिएको सामानको सम्झौता अनुसार पैसा पनि लिने ,चेकको मिति सकिएपछि बाउन्स गराउँछु भन्ने पार्टीहरूलाई दबाब दिने , चेक बाउन्स गराउने र ब्ल्याक लिस्टमा राख्नसम्मको ,अनैतिक कार्य गर्दै आएको रुंगटाले बताए ।
यससम्बन्धमा पायोनियर केबलका दिलिप झासँग कुरा गर्दा एकाध पार्टीमा भूलवस यस्तो समस्या भएको हुनसक्ने बताउँदै हाम्रा कैयौँ समस्या छन् , पार्टीहरूले उधारोमा लगेको पैसा नदिने , फ्याक्ट्रीबाट उठाएको मालको भुक्तानी नगर्नाले आफूहरूको करोडौँ रुपैयाँ डुबेको, केही फर्महरूको बैंक खाता रोक्का समेत गराउन परेको बताए । । पायोनियर इलेक्ट्रो केबल प्रालि विराटनगरमा छ । यसले विभिन्न प्रकारका हाउस वायरिङ केबलहरू बनाउने गर्दछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij