Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images
११ औँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन भोलिदेखि सुरु

स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन :दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली

स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन :दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली

  • काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) ले  आफ्नो   स्थापानाको ३४ औँ  वर्ष प्रवेश  गरेको उपलक्ष्यमा विगतका वर्ष झैँ  यस वर्षपनि राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १९औं शिखर सम्मेलन यही चैत २८ देखि ३० गते तदनुसार एप्रिल १० देखि १२, २०२५ सम्म द सोल्टी होटेल, काठमाण्डौमा आयोजना गर्ने भएको छ।परिषद्ले यसबारे एक पत्रकार सम्मेलन जानकारी गराएको हो ।

    nhrc1.jpg

    यस सम्मेलनको मुल नारा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको छ। सम्मेलनको औपचारिक उद्‌घाटन यहि चैत २८ गते तदअनुसार एप्रिल १०, २०२५ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रयालयका माननीय मन्त्री  विद्या भट्टराईबाट  हुनेछ ।  कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माताहरू र विकास साझेदार निकायहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।  

    स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, वैज्ञानिक  अनुसन्धानकर्ता तथा नीति निर्माताहरू बीच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ। 

    यस वर्षको सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने सम्भावित चुनौतीहरू, स्वास्थ्य प्रणालीको उत्थानशीलता (resilience) र स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता जस्ता विषयमा केन्द्रित रहनेछ। यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमन जस्ता स्वास्थ्य क्षेत्रका टड्‌कारो विषयवस्तुहरूमा केन्द्रित भएर व्यापक छलफल र प्रस्तुतिकरण जनाइएको छ ।  
    सम्मेलनमा १००० भन्दा बढी राष्ट्रिय तथा १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको  उपस्थिति  रहने छ जसमा मित्रराष्ट्र भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागिता रहनेछ। 

    यस सम्मेलनलाई पारदर्शी बनाउनका लागि विभिन्न समितिहरु जस्तो Steering Committee, Scientific Committee, Organizing Committee तथा Award Selection Sub-Committee गठन गरिएका छन् । सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुतिकरणका लागि गरी कुल २७६ वटा abstract हरु प्राप्त भएका छन्, जसमध्ये scientific कमिटीले निर्धारण गरेको मापदण्डको आधारमा ८७ वटा मौखिक प्रस्तुतिकरण (Oral presentation) र ११५ वटा पोस्टर प्रस्तुतिकरण हुने जनाइएको छ ।

    यस सम्मेलनबाट प्राप्त निष्कर्षहरूले प्रमाणमा आधारित नीति निर्माणको लागि पूर्वाधार बनाउँदै, दिगो र उत्थानशील स्वास्थ्य सेवाको सुनिश्चित गर्न उल्लेखनीय भूमिका खेल्ने छ भन्ने विश्वास परिषदले लिएको छ। यस सम्मेलनलाई भव्य र सभ्य बनाउनका लागि सरकारी निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू, दात्री निकायहरू, विकासका साझेदार निकायहरू, सहभागिहरू, पत्रकार महोदयहरू साथै परिषद्काका सम्पूर्ण कर्मचारीहरू लाई हार्दिक अनुरोध गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काका कार्यकारी प्रमुख (सदस्य सचिव)  डा. प्रमोद जोशीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।  


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij