Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

चालु आवको आठ महिनामा मुद्रास्फीति ३.७५ प्रतिशत, वैदेशिक व्यापार र विप्रेषणमा उल्लेखनीय वृद्धि

चालु आवको आठ महिनामा मुद्रास्फीति ३.७५ प्रतिशत, वैदेशिक व्यापार र विप्रेषणमा उल्लेखनीय वृद्धि

  • काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ ।

     

    नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे चालु आवको आठ महिनाको तथ्याङ्कअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति तीन दशमलव ३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको थियो । 

     

    यस्तै, वैदेशिक व्यापारमा यस अवधिमा आयात ११ दशमलव दुई प्रतिशतले र निर्यात ५७ दशमलव दुई प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा नौ दशमलव चार प्रतिशतले र अमेरिकी डलरमा छ दशमलव नौ प्रतिशतले बढेको छ । चालु खाता एवं शोधनान्तर स्थितिमा चालु आवको आठ महिनामा शोधनान्तर स्थिति रु ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ ।

     

    यस्तै, सरकारी वित्त स्थितिमा नेपाल सरकारको खर्च रु ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन रु ७२० अर्ब ३५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय चार दशमलव आठ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय नौ दशमलव नौ प्रतिशतले बढेको छ । यस तथ्याङ्कअनुसार बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव तीन प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा छ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर नौ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर सात दशमलव सात प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij