Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

नेपाल–भारतका भन्सार अधिकारीहरूबीच काठमाडौंँमा भन्सारसम्बन्धी दुई दिने छलफल सुरु

नेपाल–भारतका भन्सार अधिकारीहरूबीच काठमाडौंँमा भन्सारसम्बन्धी दुई दिने छलफल सुरु

  • काठमाडौ ।  नेपाल र भारतका भन्सार अधिकारीहरूबीच काठमाडौंँमा भन्सारसम्बन्धी दुई दिने छलफल सुरु भएको छ।भन्सार विभागका महानिर्देशक महेश भट्टराई नेतृत्वमा नेपाली टोली र भारतको राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवको नेतृतवमा भारतीय टोलीबीच दुई दिने छलफल सुरु भएको हो ।

    नेपाली टोलीमा अर्थ, परराष्ट्र र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा बाली क्वारेन्टाइन विभागका प्रतिनिधिहरू सहभागी रहेका छन्।भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय ईकाईका सहायक महानिर्देशक, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना र लखनउ भन्सार कार्यालयका प्रमुखलगायतका अधिकारीहरूको सहभागिता रहेको छ ।
    दुई देशका भन्सार कार्यालयबीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचना अग्रिमरुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने तथा नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली लागू गर्ने, आयात–निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टाइन चेकजाँच प्रणालीलाई थप सुदृढ गर्ने लगायत विषयमा छलफल हुने जनाइएको छ । 

    भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले जानकारी सार्वजनिक गरे अनुसार नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीयरुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दुलाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादन भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायत विषय दुई पक्षीय छलफलमा वार्ताको एजेण्डाको रुपमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij