Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सुनको मूल्यमा ऐतिहासिक वृद्धि : प्रतितोला १ लाख ८५ हजार पुग्यो, चाँदीको मूल्यमा पनि वृद्धि

सुनको मूल्यमा ऐतिहासिक वृद्धि : प्रतितोला १ लाख ८५ हजार पुग्यो, चाँदीको मूल्यमा पनि वृद्धि

  •  

    काठमाडौं ।  नेपालमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

    बिहीबार छापावाल सुन १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन आजको मूल्यभन्दा ३९०० रुपैयाँ कम हो। सुनको मूल्यमा भइरहेको निरन्तर वृद्धिले बजारमा चासो बढाएको छ।

    यसैबीच, चाँदीको मूल्यमा पनि सानो तर उल्लेखनीय वृद्धि देखिएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij