Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

चीन अमेरिकाबीच ट्यारिफ वार घमासान हुँदै , १४५ प्रतिशत ट्यारिफको जवाफमा चीनले १२५ प्रतिशत लगायो

चीन अमेरिकाबीच ट्यारिफ वार घमासान हुँदै , १४५ प्रतिशत ट्यारिफको जवाफमा चीनले १२५ प्रतिशत लगायो

  • काठमाडौँ । चीन र अमेरिकाबीचको व्यापार युद्ध घमासान हुन लागेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्ध अन्तर्गतको ट्यारिफ अट्याकमा  चीनले सोही अनुसारको जवाफ फर्काउँदै आएको हो ।अमेरिकाबाट आयात हुने सामानमा १२५ प्रतिशत कर (ट्यारिफ) लगाएर चीनको सामानमा अमेरिकाले लगाएको १४५ प्रतिशत ट्यारिफको जवाफ दिएको छ ।

    चिनियाँ संचारमाध्यमहरुका अनुसान चीन सरकारले आजबाटै लागू हुने गरि यो कर घोषणा गरेको हो।अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि १०४ प्रतिशत कर लगाएपछि चीनले यसअघि ८४ प्रतिशत कर अमेरिकी वस्तुमा लगाउने घोषणा गरेको थियो।आज ट्रम्पले फेरि चीनमाथि १४५ प्रतिशत कर लगाउने बताएका थिए।

    चीनले जवाफमा पहिला लगाएको सो कर दायरालाई फेरि बढाउँदै अमेरिकी वस्तुमा १२५ प्रतिशत कर लगाएको हो।ट्रम्प राष्ट्रपति भएसँगै चीनमाथि कर माथि कर लगाइरहेका छन्। चीनले भने आफूहरु ट्रम्प ट्यारिफ सामु नझुक्ने अडान व्यक्त गरिसकेको छ ।चीनले  अमेरिकी कर नीति विरुद्ध अन्तिमसम्म लड्ने घोषणा गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij