
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज २९ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
व्यापार सहजीकरण वार्ताः नेपालले जारी गरेको उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति
काठमाडौँ । नेपाल र भारतबीचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूबीच काठमाडौँमा बिहीबारदेखि चलिरहेको वार्ता सम्पन्न भएको छ ।
दुवै पक्षले भन्सार प्रक्रियालाई कागजविहीन (पेपरलेस) बनाउँदै व्यापार सहजीकरण गर्न, लजिस्टिक्स लागत घटाउन तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्न सहमति जनाएका छन् । नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पतिको प्रमाणपत्रलाई भारतले मान्यता दिने सहमति भएको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै आयात–निर्यातसम्बन्धी पूर्वसूचना आदान–प्रदानका लागि समझदारी गर्ने, भन्सारसम्बन्धी आपसी सहयोगसम्बन्धी सम्झौता अगाडि बढाउने र सीमावर्ती क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी व्यापार प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन ।
आईपीओ निष्कासनको तयारीमा एरो फर्मास्युटिकल्स, ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । औषधि उत्पादनमा सक्रिय एरो फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ल्याउने तयारी तीव्र बनाएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विक्री व्यवस्थापकका रूपमा नियुक्त गर्दै औपचारिक प्रक्रिया अघि बढाएको हो।
चैत २८ गते काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच सम्झौतापत्रमा एरो फर्मास्युटिकल्सका अध्यक्ष उद्धवप्रसाद मैनाली र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका थिए।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। यस आइपीओमार्फत सर्वसाधारणबाट १५ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ।
पियोर इनर्जीको आइपीओमा भारी आकर्षण: दोस्रो दिनमै १ अर्ब १३ करोडभन्दा बढीको आवेदन, माग ९.५३ गुणाले बढी
काठमाडौं । पियोर इनर्जी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन ९क्ष्एइ० मा दोस्रो दिनसम्म आइपुग्दा अभूतपूर्व उत्साह देखिएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ५:०७ बजेसम्ममा ९ लाख ५५ हजार ४१७ जना लगानीकर्ताले आवेदन दिँदै कुल १ करोड १३ लाख ९४ हजार ७० कित्ता सेयरको माग गरेका छन्।
यो संख्या कम्पनीले निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयरको तुलनामा ९.५३ गुणा बढी हो, जसले गर्दा यो आईपीओ प्रति लगानीकर्ताको उच्च विश्वास र आकर्षण झल्काउँछ।
प्रभु क्यापिटललाई ४० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्रीको अनुमति
काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ नामक खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले क्यापिटललाई उक्त योजनाअन्तर्गत ४ करोड इकाई, प्रतिइकाई १० रुपैयाँको दरले बिक्री गर्न स्वीकृति दिएको हो। कुल ४० करोड रुपैयाँ बराबरको यस योजनाको कोष व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिनेछ।
यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन
काठमाडौँ ।लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष आज प्रस्तुत गरेको प्रतिवेदनमा कानुनी सुधारका निम्ति विभिन्न ऐन खारेज गर्न सुझाएको छ ।
प्रतिवेदनमा “नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रुपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका निम्न ऐन खारेज” गर्न सुझाइएको छ ।
०१. आय टिकट दस्तुर ऐन, २०१९
०२. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
०३. निजी वन जङ्गल राष्ट्रियकरण ऐन, २०१३
०४. प्रशासकीय कार्यविधि ९नियमित गर्ने०ऐन, २०१३
०५.क्षतिपूर्ति ऐन, २०१९
०६. बिर्ता उन्मूलन ऐन, २०१६
०७. बिर्तावालले बिर्तामा रकम ९भट्टी चर्सा आदि० लगाइ–लिन खान नपाउने ऐन, २०१५
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको १५ लाखभन्दा बढी संस्थापक सेयर बिक्री खुला
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसपटक सिर्फ संस्थापकहरू मात्र नभई अन्य इच्छुक व्यक्ति तथा संघ–संस्थाहरूले पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
देशभर चट्याङसहितको हल्का वर्षा र हिमपातको सम्भावना : सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। यसै प्रभावले गर्दा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक(दुई ठाउँमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेश बाहेक अन्य सबै प्रदेशको उच्च हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपातको सम्भावनासमेत रहेको छ। यो अवस्था राति पनि जारी रहनेछ।
महाशाखाले देशभर हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावनाका कारण स्वास्थ्य, कृषि, जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।\
वर्ष समीक्षा २०८१ः ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म
काठमाडौँ ।कोभिड-१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामा मै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन ।
प्रमुख आर्थिक सूचकाङ्कहरूमा सामान्य सुधार देखिए पनि गुणात्मक रूपमा अर्थपूर्ण प्रगति हासिल हुन सकेको देखिँदैन । खासगरी बाह्य क्षेत्रका सूचक केही सन्तुलित देखिएकामा आन्तरिक आर्थिक संरचना, विशेषगरी सार्वजनिक वित्त व्यवस्थापनलगायत क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा छन् । आन्तरिक मागको स्थायी सङ्कुचनले समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ ।
चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा, थप वृद्धिलाई ’बेवास्ता’ गर्ने
चीन ।चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पु¥याउने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो । चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई बेवास्ता गर्नेछ ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पालैपालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खडा गर्न थालेपछि एक सातासम्म विश्व अर्थबजारमा उथलपुथल मच्चिएपछि बेइजिङले ट्रम्पको बढ्दो झुकावलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ भन्दै खारेज गरिदिएको छ ।
ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ भने जवाफमा अमेरिकाले अराजकताको लागि ‘पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने’ बताएको छ।
तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उहाँले उक्त प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाइँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको बताउनुभयो ।
सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिनुभयो । “घाइतेलाई अस्पतालमा पुगेर मैले भेटेको छु । घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहतस्वरुप रु दश÷दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ”, उहाँले भन्नुभयो ।
नेपाल ल्यूब आयल लिमिटेडको २००% हकप्रद सेयर प्रस्ताव, सेबोनसँग अनुमति माग
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ। कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो। यस सेयर निष्कासनमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिनेछ।
सगरमाथा लुम्बिनी इन्सुरेन्सको १५% नगद लाभांश प्रस्ताव
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij