
काठमाडौं । सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाउँदै नेपाली बजारमा ऐतिहासिक उचाइ छोएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८६ हजार रुपैयाँमा कायम भएको छ।
यसअघि शुक्रबार (चैत २९ गते) पनि सुनको भाउले रेकर्ड तोडेको थियो। उक्त दिन मात्र छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले वृद्धि भई १ लाख ८५ हजार रुपैयाँ पुगेको थियो। यसरी दुई दिनको अन्तरालमै सुनको मूल्यमा झण्डै ५ हजार रुपैयाँको वृद्धि भएको हो, जसले लगानीकर्ताको चासो अझै बढाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij