
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९७ करोडको मुद्दती बेच्न लागेको हो ।विभिन्न बैंक र वित्तीय संस्थालाई विभिन्न रकम सीमासम्म ९७ करोड बराबरको मुद्दती बेच्न सूचना जारी गरेको हो ।क वर्गका वाणिज्य बैंकका लागि ७७ करोड ६० लाख रकम छुट्टयाएको छ । ख वर्गका राष्ट्रियस्तरका विकास बैंकका लागि १४ करोड ५५ लाख रकम छुट्टयाएको छ । यसैगरी ४ करोड ८५ लाख रकम ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि छुट्टयाएको सूचनामा जनाइएको छ ।
मुद्दती खरिद गर्ने इजाजत पत्र प्राप्त उल्लेख गरिएका बैंक तथा वित्तीय संस्थाहरूले २०८२ साल बैशाख ७ देखि २०८३ साल बैशाख ७ गतेसम्मका लागि ३सय ६६ दिनको मुद्दती निक्षेप लिन चाहने गरी आवेदन दिन पाउने छन् । मुद्दती रकम लिन चाहनेहरूले २०८२ साल बैशाख ३ गते १९ बजेभित्र एफएमडीबीआईडी अट द रेट एनआरबी डट ओरआजी डट एनपीमा प्राप्त हुने गरी आफूले खरिद गर्न चाहने रकम र तिर्ने ब्याज दर खुलाई आवेदन दिन पर्ने सूचनामा जनाइएको छ ।
मुद्दती खरिद गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन भएको दुई वर्ष पूरा भएको हुनु पर्ने, न्यूनतम पूँजीकोष कायम भएको हुनुपर्ने, निष्कृय कर्जा कुल निष्कृय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जाको अनुपात ३ प्रतिशत ननाघेको हुर्ने सर्त पूरा गरेको हुनुपर्ने छ ।यसैगरी खरिदकर्ता बैंक तथा संस्था कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना नाघेको हुनुपर्नेलगायतका सर्तहरूको अधीनमा रही आवेदन दिनुपर्ने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij