
सियोल, कोरिया । संंघीय संसद सदस्य एवम् पूवमन्त्री एकनाथ ढकाललाई संसदीय कूटनीति र अन्तर्राष्ट्रिय सहयोगको लागि विश्वव्यापी मञ्च “अन्तर–संसदीय सभामुख सम्मेलनको महासचिवमा नियुक्त गरिएको छ । संसद ढकालको मनोनोयन नेपालको लागि एक महत्वपुर्ण कूटनीतिक कोशेढुङ्गा हुने विश्वास गरिएको छ । आईएसीले यहि अप्रिल ११, २०२५ मा दक्षिण कोरियाको सियोलमा आफ्नो उद्घाटन सभा आयोजना ग¥यो, जसमा विश्वभरका लगभग ४० राष्ट्रका सभामुख तथा सांसदहरु सहित १५० प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
उक्त सम्मेलनले पाकिस्तानका सिनेटका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सैयद युसुफ रजा गिलानीलाई आईएसीको संस्थापक अध्यक्षमा निर्वाचित गरिएको थियो । सांसद ढकालको यस उच्च उच्चस्तरीय नियुक्तिले नेपाललाई संसदीय कूटनीति मार्फत जलवायु परिवर्तन, शान्ति र दिगो विकास जस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने महत्वपुर्ण विश्वव्यापी आन्दोलनको केन्द्रमा राखेको छ । एमाले सांसद सुनिता बरालले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नुभयो र आफ्नो मन्तव्य पनि दिनुभयो ।
उद्घाटन सभामा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान की मुन, दक्षिण कोरियाका उप–सभामुख ली ह्याकयोङ र बुसान महानगरपालिकाका मेयर हेओङ–जुनलगायतको उपस्थिति थियो। यसका साथै, संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष महामहिम फिलेमोन याङ र अन्तर–संसदीय संघ (क्ष्एग्) का महासचिव महामहिम मार्टिन चुङगोङले सभालाई भर्चुअल रूपमा सम्बोधन गर्नुभयो । क्ष्क्ऋ ले अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने लक्ष्य राखेको छ र अन्तर–सरकारी र अन्तर–संसदीय तथा वित्तीय संस्थाहरूसँग काम गर्ने योजना बनाएको छ। सियोल सम्मेलनले एउटा नयाँ प्लेटफर्मको सुरुवात गर्दछ जहाँ नेपालले विश्वव्यापी संवादलाई आकार दिन केन्द्रीय नेतृत्वको भूमिका खेल्नेछ ।
अन्तर–संसदीय सभामुख सम्मेलनको अध्यक्ष तथा पाकिस्तानका सिनेटको वर्तमान अध्यक्ष र पूर्व प्रधानमन्त्री समेत रहेका सैयद युसुफ रजा गिलानीले सांसद ढकाल महासचिबम मनोनोयन हुनुभएको सभामुखहरुको सम्मेलनको पूर्ण सत्रमा घोषणा गर्नु भएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij