
काठमाडौँ ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव पारिरहेका कारण, विशेषगरी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी छ।
दिउँसोको अवस्था
आज दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानहरूमा, साथै अन्य क्षेत्रका एक-दुई स्थानमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
रातिको पूर्वानुमान
आज राति कोशी प्रदेश र अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ। त्यस्तै, ती प्रदेशहरूका साथै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको पनि सम्भावना रहेको जनाइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij