Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५ लाख संस्थापक सेयर लिलामी खुला

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५ लाख संस्थापक सेयर लिलामी खुला

  •  

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज (वैशाख १ गते) देखि संस्थापक समुहका लागि ८ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामी प्रक्रिया सुरू गरेको छ। यस लिलामीमा बैंकका संस्थापक सेयरधनीहरू मात्र सहभागी हुन सक्नेछन्।

    सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १ लाख २५ हजार कित्ता देखी अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    इच्छुक संस्थापक सेयरधनीहरूले वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन्। बोलपत्रहरू मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij