Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

एनआईसी एशिया बैंकको ५ अर्बको ऋणपत्र बाँडफाँट सम्पन्न, सर्वसाधारण र व्यक्तिगत तर्फबाट बिक्री

एनआईसी एशिया बैंकको ५ अर्बको ऋणपत्र बाँडफाँट सम्पन्न, सर्वसाधारण र व्यक्तिगत तर्फबाट बिक्री

  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १० वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँट सम्पन्न गरेको छ। बैंकले ७ प्रतिशत वार्षिक ब्याजदरमा ५० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो।

    उक्त ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको छ भने बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई निष्कासन गरिएको थियो।

    सार्वजनिक निष्कासन चैत २५ गतेदेखि २८ गतेसम्म खुला गरिएको थियो, जसको बाँडफाँट चैत ३१ गते सम्पन्न भएको बैंकले जानकारी दिएको छ। यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij