Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

राजस्व अनुसन्धान विभागद्वारा २५ करोड विदेशी मुद्रा भएको ट्रकको अनुसन्धान सकी मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा २५ करोड विदेशी मुद्रा भएको ट्रकको अनुसन्धान सकी मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले  २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरण विषयमा  अनुसन्धान सकी अभियोग पत्र दायर गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौँको राय प्राप्त भएपछि विभागले जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो।सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा र नारायण पौडेललाई अभियोगपत्रमा मुख्य अभियुक्त बनाइएको हो। यसअघि राजस्व अनुसन्धान विभागले  २५ करोड रुपैयाँको मालिक पौडेल भएको खुलाएको थियो । तर अहिले ट्रक चालक कुसाङलाई पनि मुख्य अभियुक्त नै बनाइएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले  चैत ४ गते टोखाबाट ट्रकभित्र राखिएको २५ करोड भएको ट्रक बरामद गरेको थियो। ट्रकका चालक कुसाङको साथबाट बरामद भएको मोबाइल, बैंक एकाउन्टमा भएको डिपोजिट रकम र अन्य कुराको आधारमा राजस्व अनुसन्धान विभागले २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा पौडेलको भएको खुलाएको थियो।टोखाको बालकुमारी मन्दिरमा पौडेलको मोबाइलको अन्तिम लोकेसन ट्र्याक भएपछि मोबाइल अफ भएको देखिएको छ। पौडेलको घर टोखामै छ।

    अनुसन्धानबाट अभियुक्त दुवै जना सुन, हुन्डी लगायतको विषयमा पटके कारोबारी भएको खुलेको छ। दुवैलाई २५ करोड रुपैयाँ बराबरको बिगो दाबी र त्यसको तीन गुणा जरिवाना मागसहित अभियोग पत्र दायर भएको विभाग स्रोतको भनाइ  छ । उनीहरू विरुद्ध थप तीन वर्षको कैद माग गरिएको हो।

    कतिपय विषय फरार  अभियुक्त पौडेल समातिएपछि खुल्ने अपेक्षा गरिएको छ । अहिलेसम्मको अनुसन्धानमा केरुङबाट रकम छिराएर सुन ल्याउने योजना भएको देखिएको छ। विदेशी मुद्रा टोखा नगरपालिका–१० मा रहेको सिन्धु मेटेरियल नाम गरेको गोदाममा लोड गरेको देखिएको जनाइएको छ। त्यो  गोदामको स्वामित्व पौडेलमा नै रहेको देखिन्छ।राजस्व अनुसन्धान विभागका अधिकारीले चैत ४ गते साँझ ६ बजेदेखि ९ बजेसम्मको सीसीटीभी क्यामराका फुटेज हेर्दा ट्रक गोदामबाट निस्किएको बेला नारायण पौडेल आफै पनि उपस्थित रहेको  खुलेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij