
काठमाडौं ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । यी सबैमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमको मंगलबार बसेको सञ्चालक समितिको निर्णयअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ । यस्तै, डिजेल–मट्टीतेल प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।
यता, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ तथा डिजेल र मट्टितेलको १४५ रुपैयाँ पर्नेछ । यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५७.५० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४३.५० रुपैयाँ पर्नेछ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij