Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

  • क्यानबेरा ।मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । 

    अष्ट्रेलियाको तथ्याङ्क विभाग ९एबीएस० का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ ।  जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।

    रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।

    पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।

    रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको छ ।

    एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात ९काम गर्ने उमेरको जनसङ्ख्या० मार्चमा ६४।१ प्रतिशत रहेको छ । 

    रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०।३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij