Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

वान टिबी भर्सन भएको सामसङ  ग्यालेक्सी एस ट्वेन्टीफाइभ  अल्ट्रा लिएर आयो सामसुङ नेपाल

वान टिबी भर्सन भएको सामसङ  ग्यालेक्सी एस ट्वेन्टीफाइभ  अल्ट्रा लिएर आयो सामसुङ नेपाल

  • काठमाडौँ । नयाँ वर्षको अवसर पारेर   सामसङ नेपालले ग्यालेक्सी एस२५ अल्ट्राको १टिबी भर्सन नेपालमा सार्वजनिक गरेको छ । सामसङले आफ्नो  सर्वाधिक नयाँ ध्वजवाहक विविधता बोकेको (लेटेस्ट फ्ल्यागसिप भेरियन्ट ) उत्पादन सार्वजनिक  गरेको हो।

    यो स्मार्टफोनको स्टोरेज क्षमता १ टिबीसम्म एक्सपान्डेड रहेको जनाइएको  छ। यो फोन एआई फिचरहरुसँगै सहजरूपमा धेरै काम गर्न सक्ने ‘मल्टिटास्किङ’ क्षमताले भरिपूर्ण रहेको छ।धेरै क्षमता हुँदा प्रयोगकर्ताहरुले स्टोरेज सकिने  पिर  लिनुनपर्ने र आफूले चाहेको जति तस्विर र भिडियोसँगै एपहरु राख्न सकिने जनाइएको छ ।
    यो फ्ल्यागसिप सिरिजमा रियल टाइम अपडेट दिने नाउ बार एन्ड नाउ ब्रिफ फिचर छ। यस्तै सर्कल टु सर्च, ¥याइटिङ एसिस्ट, ड्रविङ एसिस्टसँगै कल ट्रान्सक्रिप्ट एन्ड समरीको सेवा पनि छ।

    १२ जिबी ¥याम र १ टिबी स्टोरेज क्षमताको ग्यालेक्सी एस२५ अल्ट्रा दुईवटा रंगमा उपलब्ध छन्। टाइटेनियम सिल्भरब्लू र टाइटेनियम ग्रे रंगमा फोन उपलब्ध हुनेछ।१ टिबी स्टोरेज क्षमताको ग्यालेक्सी एस२५ अल्ट्राको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ।यो फ्ल्यागसिप फोज इन्स्टा फाइनान्सद्वारा ० प्रतिशत ब्याजमा मासिक ११ हजार ७५० रुपैयाँ इएमआईमा प्राप्त गर्न पनि सकिनेछ।

    साथै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको १ पटकको ब्रेकिज इन्सुरेन्स पनि दिइनेछ। पुरानो फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरबाट एक्सचेन्ज सुविधा पनि भएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij