Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ४ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ४ बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  वैशाख ४ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सान्भि इनर्जी लिमिटेडले वैशाख ५ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आगामी वैशाख ५ गतेदेखि आफ्नो पहिलो चरणको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएसँगै कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। कम्पनीले आफ्नो ८८ करोड रुपैयाँ जारी पूँजीको ४३.०७५ अर्थात् ३८ लाख कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ, जसअन्तर्गत पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

     

    शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र आवेदकहरूले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म माग गर्न सक्नेछन्। स्थानीय बासिन्दाहरूले छिटोमा वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ३ गतेसम्म अवधि लम्ब्याइनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनिवार्य रूपमा वैशाख १९ भित्र आवेदन दिनुपर्नेछ।

    सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर मूल्य  नेपसेमा समायोजन

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको २७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । 

     

    समायोजन पश्चात यसको मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ ।

    एपेक्स हस्पिटालिटीले १३५ रुपैयाँमा संस्थापक शेयर विक्री खुला, १४.७५ लाख कित्ता बजारमा

    काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेडले आफ्नो संस्थापक शेयर विक्री प्रक्रिया प्रारम्भ गरेको छ। कम्पनीले प्रतिकित्ता १३५ रुपैयाँमा १४ लाख ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो। यसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३५ रुपैयाँ प्रिमियम थप गरेर विक्री मूल्य निर्धारण गरेको छ।

     

    शेयर विक्रीका लागि कम्पनीले चैत ३१ गते उद्योग रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरिसकेको छ। सोही दिन बसेको सञ्चालक समितिको बैठकबाट शेयर विक्री गर्ने निर्णय पारित गरिएको हो।

    वीरगञ्जमा साम्प्रदायिक तनाव क्रमशः मत्थर, प्रशासनले जनाए चाँडै प्रतिबन्ध हटाउने तयारी

    वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । 

     

    वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो । 

    बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घसंस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।

    स्मार्ट डोर्सको आम्दानीमा २५% वृद्धि, नाफा ४० लाख

    काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन  अनुमति कुरिरहेको स्मार्ट डोर्सले सन् २०२४ मा २ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन सन् २०२३ को तुलनामा २५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको आम्दानी २ करोड रुपैयाँ रहेको थियो।

     

    नाफा र उत्पादन क्षमतामा सुधार
    रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडका अनुसार कम्पनीको खुद नाफा ४० लाख रुपैयाँ रहेको छ। ढोका निर्माणमा संलग्न यो कम्पनीले हाल दैनिक ६०० ढोका उत्पादन गर्ने क्षमता राख्दछ।

    पुँजीमा उल्लेखनीय वृद्धि
    स्मार्ट डोर्समा प्रवर्धकहरूले २७ करोड ५० लाख रुपैयाँ पुँजी लगानी गरेका छन्, जुन सन् २०२३ को अन्त्यसम्ममा ८ करोड २० लाख रुपैयाँ मात्र थियो। कम्पनीको मुख्य कारखाना काठमाडौंको टोखामा अवस्थित छ।

    प्रि ओपन सेसन : नेप्से सूचक ४.९८ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.९८ अंकले बढेको छ । यससँगै सूचक २७०१.२२ विन्दुमा आएको छ । १२ लाख ६७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ४१ कम्पनीको २ हजार ४१७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६५ वटा कारोबार भएको हो ।

    आज सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताहरूका लागि आज, बिहीबार ९वैशाख ४० अन्तिम दिन हो। कम्पनीले हकप्रद सेयर बिक्रीका लागि वैशाख ५ गते बुक क्लोज गर्ने भएकाले, आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले १ः०.२७ अनुपातमा हकप्रद सेयर जारी गर्दैछ, जसअनुसार हाल कायम एक सेयरका विरुद्ध ०।२७ कित्ता नयाँ सेयर पाउने व्यवस्था गरिएको छ। यसअन्तर्गत, कम्पनीले कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तय गरिएको छ। यसरी कम्पनीले हकप्रद बिक्रीबाट १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।

    यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।
     
     युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
     
     अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

    खप्तड बाबाको विचार र चिन्तनले सही मार्गमा हिँड्ने प्रेरित गर्छ’  :उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खप्तड स्वामीको विचार र चिन्तनले सही मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभएको छ । 

     खप्तडबाबा ज्योति पुरस्कार समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुरस्कार एवं सम्मान वितरण समारोहमा उहाँले सुदूरपश्चिम प्रदेशको रमणीय स्थल खप्तड क्षेत्रमा बसेर खप्तडबाबाले गर्नुभएको साधनाबाट निःसृत ज्ञानले मानिसलाई सही बाटोमा हिँडाउने गरेको बताउनुभयो । यस्ता साधकको नाममा वितरण गरिने सम्मान एवं पुरस्कारले मानिसलाई सत् मार्गमा लाग्न प्रेरणा दिने उहाँको भनाइ छ । 
    नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्रा डा मुकुन्द लामिछानेले खप्तड स्वामीका विचार विज्ञान, स्वास्थ्य विज्ञानजस्ता पुस्तकले व्यक्तित्व विकासमा सहयोग गर्ने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष उपप्राध्यापक गोविन्दप्रसाद दाहालले संस्कृत अध्ययन गरेका विद्यार्थीलाई दिइने यो पुरस्कारको राशि यसै वर्षदेखि रु एक लाखबाट वृद्धि गरी रु पाँच लाख बनाइएको जानकारी गराउनुभयो । खप्तडबाबाको ज्ञानभण्डार प्रचारप्रसारका लागि संस्थाले काम गर्ने गरेको छ । अध्यक्ष दाहालको व्यक्तिगत लगानीबाट पुरस्कार कोष स्थापना गरिएको हो ।

    जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर

    टोकियो ।जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।

     

    मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । 

    सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन गरिएयताको उच्चतम स्तरमा रहेको छ।

     

    संयुक्त राज्य अमेरिकाको व्यक्तिगत कम्प्युटर र चीनबाट आएको स्मार्टफोनका कारण आयातको मूल्य एक वर्ष अघिको तुलनामा ४।७ प्रतिशतले वृद्धि भई ११४.१६ ट्रिलियन येन पुगेको अर्थ मन्त्रालयले प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

    सरकारले एक महिनामा ९ अर्बले घटायो सार्वजनिक ऋण, वार्षिक बजेटको ६२% ऋण भुक्तानीमै खर्च

    काठमाडौं । नेपाल सरकारको तिर्न बाँकी सार्वजनिक ऋण एक महिनामा करिब ९ अर्ब रुपैयाँले घटेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षको पहिलो (महिनासम्म ९चैत मसान्त) देशको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ, जुन फागुन मसान्तको तुलनामा ८ अर्ब ७७ करोड रुपैयाँले कम हो।

    चालु वर्षको सुरुवातमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। त्यसयता ९ महिनामा ऋणमा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँको वृद्धि देखिएको छ। हाल कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ आन्तरिक ऋण र १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक ऋण छ। चैत मसान्तसम्म कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.१९% र आन्तरिक ऋणको हिस्सा ४८.८१% रहेको छ।

    चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस हुने

    काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

     

     

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा निर्णय सार्वजनिक भएसँगै चलचित्रकर्मी उत्साहित देखिएका छन् । विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन गर्नेगरी ल्याउन लागिएको उक्त विधेयकको मस्यौदा एक महिनाअघि चलचित्र विकास बोर्डले मन्त्रालयमा पठाएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो  । 

     

    “हामीलाई रहेको कानुनी कठिनाइलाई नयाँ चलचित्र ऐनले सहज गर्नेछ । चलचित्र ऐनले यस क्षेत्रमा आवद्ध सबैलाई लाभ दिनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

    ६ जना डीआईजीलाई बढुवा सिफारिस

    काठमाडौँ ।  नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई बढुवामा सिफारिस गरेको हो ।

     

    खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन् । उनीहरु हालका आईजीपी दिपक थापाकै ब्याचमेट हुन् ।
    बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका छन् ।

    रोकिएको प्लाइउड भारत निर्यात हुन थाल्यो

    झापा । भारत तर्फको भन्सारबाट फकाईएका नेपाली प्लाइउड अब प्रवेश पाउन थालेको छ । ‘ब्युरो अफ इन्डियन सर्टिफिकेट’ (बीआईएस) नवीकरणको नाउँमा रोकिएका प्लाइउडको निर्यात हुन लागेको हो ।नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित स्थल भन्सारमा रोकिएको ३४ ट्रक नेपाली प्लाइउड प्रवेश पाएको थिएन् ।  २४ दिन भन्सारमा रोकिएर फर्किएको थियो । 

     

    १० वटा प्लाइउड उद्योगले बीआईएस नवीकरण प्राप्त गरेपछि निर्यात सुरु भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका छन् ।  अहिले ६ उद्योगले प्लाइउड उत्पादन गरी भारत निर्यात गरिरहेका छन् । ४ उद्योगले दुई दिनअघि मात्रै नवीकरण प्राप्त गरेका छन् ।

    शनिबार र आइतबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो शनिबार र आइतबार देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत सञ्चालित यस अभियानमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका समेटिने छन्।

     

    स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ का साथै एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकामा कुपोषणको परीक्षणसमेत गरिने योजना छ।

    कार्यक्रम सफल पार्नका लागि देशभरबाट करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

    वान टिबी भर्सन भएको सामसङ  ग्यालेक्सी एस ट्वेन्टीफाइभ  अल्ट्रा लिएर आयो सामसुङ नेपाल

    काठमाडौँ । नयाँ वर्षको अवसर पारेर   सामसङ नेपालले ग्यालेक्सी एस२५ अल्ट्राको १टिबी भर्सन नेपालमा सार्वजनिक गरेको छ । सामसङले आफ्नो  सर्वाधिक नयाँ ध्वजवाहक विविधता बोकेको (लेटेस्ट फ्ल्यागसिप भेरियन्ट ) उत्पादन सार्वजनिक  गरेको हो।

     

    यो स्मार्टफोनको स्टोरेज क्षमता १ टिबीसम्म एक्सपान्डेड रहेको जनाइएको  छ। यो फोन एआई फिचरहरुसँगै सहजरूपमा धेरै काम गर्न सक्ने ‘मल्टिटास्किङ’ क्षमताले भरिपूर्ण रहेको छ।धेरै क्षमता हुँदा प्रयोगकर्ताहरुले स्टोरेज सकिने  पिर  लिनुनपर्ने र आफूले चाहेको जति तस्विर र भिडियोसँगै एपहरु राख्न सकिने जनाइएको छ ।
    यो फ्ल्यागसिप सिरिजमा रियल टाइम अपडेट दिने नाउ बार एन्ड नाउ ब्रिफ फिचर छ। यस्तै सर्कल टु सर्च, ¥याइटिङ एसिस्ट, ड्रविङ एसिस्टसँगै कल ट्रान्सक्रिप्ट एन्ड समरीको सेवा पनि छ।

    अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

    क्यानबेरा ।मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । 

     

    अष्ट्रेलियाको तथ्याङ्क विभाग ९एबीएस० का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ ।  जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो ।

    रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ ।

     

    पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो ।

    आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा

    काठमाडौँ । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।

     

     

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।

    राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड

    लुम्बिनी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताउनुभएको छ ।

     

     

    पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रुपन्देही आइपुग्नुभएका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस सेन्टर नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा ९एमाले० र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको भनी चिन्ता व्यक्त गर्नुभयो ।

    अपर तामाकोशी हाइड्रोको अध्यक्षमा हितेन्द्रदेव शाक्य

    काठमाडौँ ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक पदमा हेरफेर भएको छ। 

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वसम्मत अध्यक्ष बनेका हुन्। 

     

    कम्पनीको गत चैत २९ मा बसेको २९६औँ बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव सुरेशराज खकुरेलले जानकारी दिए।

    गार्डियन माइक्रो लाइफको विशेष साधारण सभा स्थगित

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बैशाख ५ गतेका लागि बोलाएको विशेष साधारण सभा स्थगित गरेको छ।

     

    कम्पनीका अनुसार, नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त निर्देशनको आधारमा, बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो।

    देशभर मौसममा परिवर्तन : मेघगर्जन, चट्याङ्ग र वर्षाको सम्भावना, जनजीवन प्रभावित हुन सक्ने

    काठमाडौं । हाल देशमा सक्रिय पश्चिमी वायु र स्थानीय वायुले मौसममा प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू(भागमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहेको छ।

     

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेष गरी पहाडी भू(भागका केही स्थानहरूमा र अन्य क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

    यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

     

     

    गोलभेँडा ठूलो (नेपाली)प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु २५, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ४०, गाजर ९लोकल० प्रतिकिलो रु ४०, गाजर ९तराई० प्रतिकिलो रु ३०, बन्दा ९लोकल० प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा ९नरिवल० प्रतिकिलो रु २५, काउली ९स्थानीय० प्रतिकिलो रु २५, स्थानीय काउली ९ज्यापु० प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो ९लोकल० प्रतिकिलो रु २०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुरले नौ महिनामा रु २ अर्ब ३५ करोड राजस्व सङ्कलन

    भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो । 

     

     

    कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा रु दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व सङ्कलन भएको ंसूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिनुभयो । चालु आव २०८१र८२ मा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

    इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर

    काठमाडौँ । आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ–सेवाको खातामा पहुँच पु¥याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ ।

     

     

    ‘फिसिङ लिङ्क’ पठाइ इ–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बूढालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाइ खाता सस्पेण्ड हुन लागेको भनी चेतावनी दिइ भेरिफाइका लागि लिङ्क खोल्न लगाई इ–सेवामा अनधिकृत पहुँच पु(याइ रकम ठगी गरेका हुन् ।

    यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ ।
     
     युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
     
     अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij