
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले अढाई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ । राष्ट्र बैंकले आइतबारदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कशन गर्न लागेको हो । ७ वर्ष अवधिको लागि जारी गर्न लागिएको उक्त ऋणपत्रमा ७ प्रतिशत ब्याजदर तोकिएको छ। बैंकले कुल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ।
सर्वसाधारणका लागि छुट्याएको ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ । अंकित मूल्य १००० रुपैयाँ दरको ऋणपत्रमा लगानीकर्ताले २५ देखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन छिटोमा वैशाख १० र ढिलोमा २१ गते बन्द हुने बिक्री प्रबन्धकले जनाएको छ। बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij