Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

अरुण अधिकारीको नेतृत्वमा ३६ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेफ समाज गठन

अरुण अधिकारीको नेतृत्वमा ३६ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली सेफ समाज गठन

  • काठमाडौँ । विभिन्न देशहरूमा रहेका नेपाली सेफहरू एकजुट भएका छन्। उनीहरुले अन्तर्राष्ट्रिय नेपाली सेफ समाज गठन गरी अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति चयन गरेका छन्।समाजको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राजकुमार गिरी, कोषाध्यक्षमा विष्णु खत्री र सहकोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन्।

    सेफहरुको भेलाले समाजको सदस्यमा उद्धव श्रेष्ठ, फणिन्द्र पन्थ, लक्ष्मण सापकोटा, राम सेन, वरुण सिंह, लाबहादुर कौशल (एलबी), वासुदेव भुसाल, रेशमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, विनोद सोनी, विमल कार्की, टेक खनाल, गोविन्द राई, रामकुमार जोशी, प्रकाश बुढाथोकी र वेदप्रसाद अधिकारीलाई छानेको छ।
    नवनिर्वाचित अध्यक्ष अधिकारीले नेपाली खानालाई विश्वका विभिन्न मुलुकमा प्रवर्धनको पहल समाजले  गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij