Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

चालु आवको ९ महिनामा चामलको आयात दोब्बर, पौने ९ करोड बढी केजी चामल आयात

चालु आवको ९ महिनामा चामलको आयात दोब्बर, पौने ९ करोड बढी केजी चामल आयात

  • काठमाडौँ । चालु आवको ९ महिनामा चामलको आयात दोब्बर भएको छ ।चालु आवको ९ महिनामा ब्राउन राइस,बासमती राइस, अन्य चालम र ब्रोकन राइस गरी कुल १७ करोड ७५ लाख ८६ हजार ७सय ११ केजी चामल आयत भएको छ । गत आवको सोही अवधिमा उक्त चामलहरू गरी कुल  ८ करोड ८७ लाख ३५ हजार ७ सय ४८ केजी चामल आयात भएको थियो ।

    चालु आवमा बासमती चामल ५ करोड २१ लख ९१ हजार ७७ केजी चामल आयात भयो । अन्य वर्गीकरणमा परेको चामलको आयात १२ करोड १२ लाख ८५ हजार ७ सय ४० केजी भएको छ । ब्रोकन राइसको वर्गीकरणमा ४१ लख६ हजार ३ सय ५२ केजी र ब्राउन राइसको वर्गीकरणमा ३ हजार ५ सय ४२ केजी  आयात भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    चालु आवमा गत  आवको तुलनामा ८ करोड ८८ लाख ५० हजार ९सय ६३ केजी चामल बढी आयात भएको हो ।
    गत आवमा ब्रोकन राइन २४ हजार ८सय १९ केजी  अन्य वर्गीकरणको चामल ३ करोड ९७ लाख ७ हजार ९४ केजी , बासमती ४ करोड ८९ लाख ९९ हजार५ सय ९३ केजी र ब्राउन राइस ४ हजार २ सय ४२ केजी आयात भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ ।

    चालु आवमा बासमती चालमको आयात ३१ लख ९१ हजार ४ सय ८४ र अन्य वर्गीकरणको चामल ८ करोड १५ लाख७८ हजार ६ सय ४० केजी बढी आयात भएको प्रतिवेदनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij