Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

दिगो विकासको लक्ष्य पूरा गर्न २सय ११ खर्ब ६५ अर्ब रुपैया आवश्यक हुने आकलन

दिगो विकासको लक्ष्य पूरा गर्न २सय ११ खर्ब ६५ अर्ब रुपैया आवश्यक हुने आकलन

  • काठमाडौँ । दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्ब ६५ अबै रुपैयाँको आवश्यकता हुने अनुमान गरिएको छ । आगामी ६ वर्षभित्र मुलुकले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको हो ।दिगो विकास लक्ष्य कार्यान्वयन गर्न सन् २०२४ देखि २०३० सम्मका लागि वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ बराबर लगानी गर्नुपर्ने एक तथ्यांक सार्वजनिक गरिएको हो ।राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीद्वारा आइतबार सार्वजनिक गरिएको  ‘दिगो विकास लक्ष्य ः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति २०८१’ अद्यावधिक प्रतिवेदनमा यस्तो जनाइएको छ ।

    दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ अन्तर्गतको उद्योग नवीन खोज र पूर्वाधारमा २४ प्रतिशत रहेको छ । त्यसपछि दोस्रो ठुलो हिस्सा लक्ष्य–७ अन्तर्गत स्वच्छ ऊर्जाको हिस्सा १२ प्रतिशत रहेको छ ।  लक्ष्य–१ अन्तर्गतको गरिबीको अन्त्यका लागि ११ प्रतिशत आवश्यक हुने दर्शाइएको छ ।
    सन् २०२४–३० को समयमा औसतमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.४५ लगानी आवश्यक हुने अनुमान प्रतिवेदनमा जनाइएको  छ । यो अनुमान साविकको रणनीतिमा गरिएको औसत वार्षिक अनुमान भन्दा २.४ प्रतिशत अंकले कम आकलन हो ।

    दिगो विकास लक्ष्यको लगानी आवश्यकता पूर्तिका लागि सार्वजनिक, निजी, सहकारी जसमा गैरसरकारी र समुदाय सहित राखिएको  छ । साथै  घरपरिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ ।सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लगानी आवश्यकताको ५७.५ प्रतिशत लगानी परिचालन हुने अनुमान छ । यसमध्ये संघ सरकारको ७० प्रतिशत, प्रदेश सरकारको ९ प्रतिशत र स्थानीय सरकारको २१ प्रतिशत लगानीको हिस्सा रहने अनुमान प्रतिवेदनकमा गरिएको छ ।यसैगरी  निजी क्षेत्रबाट ३४.३ प्रतिशत, सहकारी तथा गैरसरकारी क्षेत्रबाट ४.१८ प्रतिशत र घरपरिवार स्तरबाट ३.९५ प्रतिशत लगानी परिचालन हुने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

    दिगो विकास लक्ष्यको लगानी आवश्यकता र यसका लागि उपलब्ध विभिन्न स्रोत विश्लेषणले २०२४–३० अवधिमा औसत ७ खर्ब ५५ अर्ब रुपैयाँ अर्थात औसतमा जीडीपीको ११.१ प्रतिशतको वित्तीय अन्तर रहने प्रतिवेदनमा जनाइएको छ ।यसमध्ये सार्वजनिक क्षेत्रमा वार्षिक औसत वित्तीय अन्तर ४ खर्ब २६ अर्ब रुपैयाँ बराबर हुने र निजी क्षेत्रका लागि वित्तीय अन्तर ३ खर्ब २९ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।लक्ष्य अनुसार पूर्वाधार, दिगो सहर, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैभन्दा ठूलो वित्तीय अन्तर देखिएको प्रतिवेदनमा जनाइएको छ ।

    लक्ष्य कार्यान्वयनका लागि देखिएको वित्तीय अन्तर सम्बोधन गर्दै सन् २०३० सम्म दिगो विकास लक्ष्यमा अधिकतम प्रगति हासिल गर्न समष्टिगत आर्थिक नीतिमा पुनरावलोकन, क्षेत्रगत नीतिमा सुधार, दिगो विकास लक्ष्यको प्राथमिकीकरण साथै राजस्व परिचालनमा सुधार, वैदेशिक सहायता परिचालन, सार्वजनिक खर्चको लागत प्रभावकारिता अभिवृद्धि, रणनीतिक साझेदारी प्रवद्र्धन लगायत रणनीति अवलम्बन गरिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij