Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

९ महिनामै गत आवको तुलनामा साढे चार गुना बढी चिनियाँ लसुन आयात

९ महिनामै गत आवको तुलनामा साढे चार गुना बढी चिनियाँ लसुन आयात

  • काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना चिनियाँ सुकेको लसुन गत आवको तुलनामा साढे चार गुना बढी आयात भएको छ ।आव २०८१/८२को चैत मसान्तसम्म आयात भएको लसुनको परिमाण गत आवको १२ महिनामा आयात भएको भन्दा साढे चार गुना बढी भएको देखिएको हो ।

    भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चिनियाँ लसुन चैत मसान्तसम्म २८ लाख ८ हजार ३ सय केजी आयात भएको छ ।जबकि गत आवमा चिनियाँ लसुन ६० हजार २ सय ४० केजी लसुन आयात भएको थियो । प्रतिवेदन अनुसार गत आवमा भारतीय लसुन १२ लाख ६६ हजार १ सय ५ केजी आयात गरिएको थियो । भारतीय लसुनको तुलनामा चिनियाँ लसुन दुई गुना बढी आयात भएको हो ।चालु आवको चैत मसान्तसम्म ८लाख ३१ ह्जार ८ सय २० केजी लसुन भारतबाट आयात भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij