Logo

Apr 26 2025 | २०८२, वैशाख १४गते

Apr 26 2025 | २०८२, वैशाख १४गते

images

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता आजै हुने ,२५ सदस्यीय वार्ता टोली मन्त्रालय जाँदै

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता आजै हुने ,२५ सदस्यीय वार्ता टोली मन्त्रालय जाँदै

  • काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाइएको  थियो ।शिक्षा मन्त्रालय स्रोतका अनुसार वार्ता तीन बजेपछि हुने भएको छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने भएका छन् ।

    सरकारको तर्फबाट वार्ता कमिटी बनेको छैन । मन्त्रीले पन्तले वार्तामा आउन आह्वान गरेकाले सरकारको नेतृत्व गर्ने मन्त्रालय स्रोतको भनाइ छ ।सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।  महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले जनाए अनुसार मन्त्रीले बोलाएकामा शिक्षकहरू जाने भएका छन् ।

    यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा रहेका छन् ।

    शिक्षा मन्त्री माननीय रघुजी पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताको लागि बोलाएपछि अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा २५ सदस्यीय शिक्षक टोली शुक्रवार वार्ता/छलफलका लागि जान लागेको टोलीमा देहायका व्यक्तिहरू सहभागी रहेका छन् ।

    sikkhak toli.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij