Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सरकारले फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा बन्देज गर्दै

सरकारले फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा बन्देज गर्दै

  • काठमाडौँ । सरकारले फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा बन्देज गर्ने चेतावनी दिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । 

    शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले यस्तो बताए ।मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको खुलाए । 

    उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको जनाउँदै  अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने बताइ ।नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको बताउँदै उनले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij