Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

सान्भि इनर्जीको आइपीओमा वैदेशिक रोजगारि र स्थानीयबाट उत्साहजनक आवेदन, मागभन्दा चारगुणा बढी

सान्भि इनर्जीको आइपीओमा वैदेशिक रोजगारि र स्थानीयबाट उत्साहजनक आवेदन, मागभन्दा चारगुणा बढी

  •  

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर ९आइपीओ०मा उल्लेखनीय संख्यामा आवेदन परेको छ।सीडीएसका अनुसार वैशाख १६ गते साँझ ५:०५ बजे सम्म ५४,४६८ जनाले कुल ११,८४,११० कित्ताका लागि आवेदन दिएका छन्, जसको मूल्य ११ करोड ८४ लाख ११ हजार रुपैयाँ बराबर हुन्छ। यो कम्पनीले उपलब्ध गराएको सेयर संख्याभन्दा ४.०६९ गुणा बढी हो।स्थानीयका लागि खुला गरिएको सेयरमा १,४९४ जनाले ७,९१,३८० कित्ताका लागि आवेदन दिएका छन्, जसको कुल मूल्य ७ करोड ९१ लाख ३८ हजार रुपैयाँ बराबर छ।

    उक्त तथ्यांकले सान्भि इनर्जीमा लगानी गर्न चाहनेहरुको उत्साह झल्काउँछ, विशेषतः वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट उच्च चासो देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij