Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

अमेरिकाद्वारा युक्रेनलाई ३ अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

अमेरिकाद्वारा युक्रेनलाई ३ अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

  • लस एन्जलस ।संयुक्त राज्य अमेरिकाको परराष्ट्र मन्त्रालयले युक्रेनलाई लडाकु विमानसम्बन्धी तालिम, मर्मतसम्भार र आवश्यक सहयोगका लागि तीन अर्ब दश करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज स्वीकृत गरेको जानकारी पेन्टागनले दिएको छ ।
    उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरु समावेश छन् ।
    यस सहयोगमा समावेश भएका कम्पनीहरुमा प्रमुख रुपमा लडाकु विमान उत्पादन तथा प्राविधिक सेवा प्रदान गर्ने अमेरिकी संस्थाहरु रहेका छन् । तर, यो सहयोगमा कुनै नयाँ विमान समावेश छैन । विमानहरु अमेरिकी सरकारबाट नभई युरोपेली मित्र राष्ट्रहरुबाट प्रदान गरिने बताइएको छ ।

     

    यो सहयोग गत वर्ष डिसेम्बरमा स्वीकृत भई दुई अर्ब छेसठ्ठी करोड रुपैयाँ बराबरको अर्को सम्झौता पछिको निरन्तरता हो, जसले मिसन योजना प्रणाली र मर्मत उपकरणहरु उपलब्ध गराएको थियो ।

     

    नेदरल्याण्ड, डेनमार्क, नर्वे र बेल्जियम जस्ता मित्र राष्ट्रहरुले हालसम्म युक्रेनलाई जम्मा उन्नासी वटा लडाकु विमान दिने घोषणा गरिसकेका छन् । सन् २०२५ भरि थप विमानहरु पठाइने अपेक्षा गरिएको छ ।

     

    एउटा अन्तर्राष्ट्रिय उड्डयन सूचनास्रोत संस्थाका अनुसार, हालै एक विमान टक्सनस्थित अमेरिकी सैन्य आधार शिविरमा ल्याइएको थियो, जुन पछि पोल्याण्डतर्फ पठाइएको देखिएको छ ।

     

    स्थानीय सञ्चार माध्यमको रिपोर्ट अनुसार, टक्सननजिकै रहेको ‘डेभिस–मन्थन’ नामक पुराना विमानहरु भण्डारण गरिने स्थानबाट ती विमानका भागहरु लिइएका हुन् । अमेरिकी वायु सेनाले दिएको जानकारी अनुसार ती विमानहरु पहिले प्रयोगमा ल्याइएका भए पनि हाल उड्न सक्ने अवस्थामा छैनन् । 

     

    ती विमानहरुबाट युक्रेनले पाउने विमानहरुका लागि अतिरिक्त भागको रुपमा प्रयोग गरिनेछ । वक्तव्यमा उल्लेख गरिए अनुसार, ती विमानहरुमा इन्जिन, राडार जस्ता अत्यावश्यक भागहरु छैनन् र तिनलाई पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था पनि छैन । सिन्ह्वा

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij