
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २२ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
होटेल सारथी लिमिटेडको सञ्चालन आम्दानी १० करोड नाघ्यो, आगामी वर्षहरूमा नाफा वृद्धिको प्रक्षेपण
काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको होटेल सारथी लिमिटेडले आर्थिक वर्ष २०८०र८१ मा १० करोड ६३ लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। यद्यपि कुल आम्दानी ४ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको कम्पनीले जनाएको छ। विभिन्न खर्च कटौतीपछि कम्पनीले १ करोड ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
सारथीको वित्तीय खर्च २ करोड ३७ लाख रुपैयाँ तथा प्रशासनिक खर्च ६३ लाख १० हजार रुपैयाँ रहेको छ। कम्पनीले आगामी वर्षहरूमा नाफा निरन्तर वृद्धि हुने प्रक्षेपण गरेको छ। आन्तरिक योजना अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ करोड ९३ लाख, २०८२/८३ मा ३ करोड ८२ लाख र २०८५/८६ सम्ममा ६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलाइएको काठमाडौं ट्रेड टावरको आइपीओमा ३.१७ गुणा बढी आवेदन
काठमाडौं । काठमाडौं ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा उल्लेखनीय उत्साह देखिएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार साँझ ५स्०५ बजेसम्म ५७ हजार ५४ जना आवेदकले कुल १२ लाख ६२ हजार २७० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जसको कुल रकम करिब १२ करोड ६२ लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ। यो संख्या कम्पनीले निष्कासन गरेको कित्ताभन्दा करिब ३.१७ गुणा बढी हो।
कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै पहिलो चरणमा ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९३० कित्ता शेयर सार्वजनिक गरेको हो।
तेह्रथुम पावरलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति, ४० करोड बराबरको सेयर बिक्रीको तयारी
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गर्दै १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेको छ। स्वीकृति अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ हुनेछ।
यसअघि कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाउनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २९ निर्णय (सूचीसहित)
काठमाडौँ । मन्त्रिपरिषद् बैठकका २९ निर्णय सार्वजनिक गरिएको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
नेपाल हाइड्रो डेभलपर्सको नाफामा ३२% वृद्धि, तेस्रो त्रैमासमा ४.९८ करोड खुद नाफा
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२।२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ८ करोड १५ लाख रुपैयाँबाट बढेर ९ करोड २ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, वित्तीय खर्च घटेर १ करोड ६ लाख रुपैयाँबाट ५२ लाख ३२ हजार रुपैयाँमा झरेको छ। आम्दानी वृद्धि र खर्च कटौतीका कारण कम्पनीको मुनाफामा उल्लेखनीय सुधार देखिएको हो।
काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२।२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा ३ करोड ७६ लाख रुपैयाँ रहेको थियो।
ग्लोबल आइएमई लघुवित्तको नाफामा ४०% वृद्धि, तेस्रो त्रैमासमा १५ करोड नाफा
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.१९ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले १० करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी ४४ करोड ६१ लाख रुपैयाँबाट बढेर ५३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा इम्पेयरमेन्ट चार्जमा संस्थाले ८ करोड ५८ लाख रुपैयाँ मात्र छुट्याएको छ, जुन गत वर्षको तुलनामा घटेको हो। यही कारणले नाफामा उल्लेखनीय सुधार देखिएको हो।
शेयर बजार : नेप्से परिसूचकमा १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा, ९ अर्ब २४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा आएको छ । आज ९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।यस दिन ३ सय २२ कम्पनीको २ करोड १९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी विद्युत कम्पनी परेका छन् ।
बचत अपचलन गरेको आरोपमा सहकारीका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ
झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिनुभयो । खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उहाँको भनाइ छ ।
खनालले विसं २०७८ भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा रु दुई करोड छ लाख आठ हजार ३८३ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष ट्कप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिनुभएको थियो ।
राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण आज बोलकबोलमार्फत जारी गर्दैछ। केन्द्रीय बैंकले आइतबार दिउँसो ३ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन माग गरेको छ। यो उपकरण २१ दिन अवधिका लागि हुने भएको छ, जसको साँवा र ब्याज असार ६ गते भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियाबाट निर्धारण हुने यस उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम माग रकमको ५ प्रतिशतसम्म निःशेष भाग रहने गरी बोलकबोलमा भाग लिन सक्नेछन्।
आज नेको इन्सुरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले ल्याएको २ लाख २५ हजार २६१.३५ कित्ता लिलामी सेयरमा आवेदन दिने आज (वैशाख २१ गते) अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिनु पर्नेछ। कम्पनीले वैशाख १२ गतेदेखि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको थियो।
यस लिलामीमा सहभागी हुन लगानीकर्ताले न्यूनतम मूल्य १ सय रुपैयाँको आधारमा प्रतिस्पर्धात्मक बोलकबोल गर्नुपर्नेछ। संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिन्छ।
आइएमई लाइफ इन्सुरेन्सको नाफा १०.४९% ले बढ्दै ३६ करोड नाघ्यो
काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो। गत वर्ष यसले ३३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ९६ करोड १३ लाख रुपैयाँबाट बढेर ९८ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यस्तै, यस त्रैमासमा कमिसन आम्दानी ३ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष शून्य थियो। कमिसन आम्दानीले नाफा वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ।
हिमालयन लाइफ इन्सुरेन्सको नाफा ८.४९% ले बढ्दै ४७ करोड नाघ्यो, आम्दानी र लगानीमा पनि उल्लेखनीय वृद्धि
काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो। लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी पनि ३.८८ प्रतिशतले वृद्धि भई ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १०।६८ प्रतिशतले बढेर १८ अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ।
सुनको भाउ ६ सयले बढ्यो, चाँदीको भाउ २० रुपैयाँले घट्यो
काठमाडौं ।आज नेपाली बजारमा सुनको भाउ उल्लेखनीय रूपमा वृद्धि भएको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सय रुपैयाँ पुगेको छ। यो भाउ शुक्रबारको १ लाख ८३ हजार ५ सय रुपैयाँको तुलनामा उच्च हो। अर्कोतर्फ, चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा झरेको छ, जुन शुक्रबार १ हजार ९ सय ३० रुपैयाँ थियो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपाली बजारमा समेत मूल्य हेरफेर गरिरहेको देखिन्छ।
सन नेपाल लाइफ इन्सुरेन्सको २७% हकप्रद सेयर वैशाख ३० गतेदेखि बिक्री खुला
काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०.२७ अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर बिक्री गर्न लागेको हो।प्रतिकित्ता १०० रुपैयाँको दरले कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। यस उद्देश्यका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ।
वैशाख ४ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताले मात्र हकप्रद सेयर भर्न पाउनेछन्। इच्छुक लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८० रुपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
अब सामाजिक न्याय र समृद्धिको पक्षमा मिलेर काम गरौँः अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले समाजवादका निम्ति सामाजिक न्याय र समृद्धिको पक्षमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो,“मुलुकको आर्थिक विकासका लागि गैरआवासीय नेपालीहरूको भूमिका अतुलनीय छ, अबका दिनमा पनि नेपालको आर्थिक विकासमा तपाईंहरूको भूमिका थप महत्वपूर्ण हुने अपेक्षा गरेको छु ।”
गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी
काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा उहाँलाई नियुक्त गरिएको हो । आज मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले उक्त जानकारी दिनुभयो ।
प्रिन्टिङ मेसिन खरिदमा विकल पौडेल दोषी ठहरहुँदा चार जनालाई सफाइ
काठमाडौँ । भ्रष्टाचार गरेको कसुरमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिद गर्दा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले पौडेललाई आइतबार दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।अदालतले पौडेललाई एक वर्ष ६ महिना कैद र दानमासाहीले १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ दामासाहीले हुने बिगो बराबरको जरिवाना गर्न फैसला गरेको छ।
पौडेल केन्द्रको कार्यकारी निर्देशकको भूमिकामा रहेको देखिँदा थप ६ महिना पनि कैद सजाय सुनाएको छ।सोही कसुरमा प्रतिवादी रहेका म्याक्स इन्टरनेसनल प्रालि र उक्त प्रालिका सीईओ अकबर हुसेनको हकमा पनि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्न पनि फैसला भएको छ। अकबर हुसेनलाई पनि एक वर्ष ६ महिना कैद गर्ने ठहर भएको छ।
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ ।
छलफलमा माओवादीका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी छन् । बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको बुझिएको छ ।
महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गर्दै एनआरएनएको एकता महाधिवेशन सम्पन्न
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौंको हायात होटेलमा आइतबार सम्पन्न महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।
नव निर्वाचित कार्यसमितिको अध्यक्ष महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिल कुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बु (तिगेला) छन् ।
निजामती कर्मचारीहरूको वृत्ति विकाससम्बन्धी समेटर बजेटमा सामेल गर्न २२ बँदे माग बुझाइयो
काठमाडौँ । निजामती कर्मचारीहरूको वृत्ति विकाससम्बन्धी विषय समेटर बजेटमा सामावेश गर्न २२ बुँदे माग पत्र सरकारलाई बुझाइएको छ ।आइतबार अर्थमन्त्रालयले पुगेर नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई २२ बुँदे मागपत्र बुझाएको हो ।
सो मागपत्रमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आधारभूत सेवा सुविधा र सेवाका सर्तहरूमा एकरुपता कायम गर्न भनिएको छ ।यी विषयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा समावेश गर्न माग गरिएको छ ।
अर्थमन्त्री समक्ष राखिएका मागहरू यसप्रकार रहेका छन् ।
अर्थ समितिमा बाफिया संशोधन विधेयकमाथि दफाबार छलफल
काठमाडौँ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) संशोधन गर्न प्रतिनिधि सभाको अर्थ समितिले आइतबारबाट दफाबार छलफल भइरहेको छ ।बाफिया संशोधन विधेयकमा सरकारले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको उमेर हद तोक्नुका साथै प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त र बर्खास्त गर्न नेपाल राष्ट्र बैंकको सहमति लिनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।
हाल बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा विनियमावलीको अधिनमा रही सञ्चालक समितिले सीइओ नियुक्त गर्न सक्ने व्यवस्था छ।सरकारले संशोधन विधेयकमार्फत बैंक तथा वित्तीय संस्थाको सीईओ बन्न स्नातकोत्तर उपाधि हासिल गरेको र ३ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।अहिले स्नातक उपाधि हासिल गरेको र कम्तीमा ५ वर्षको अनुभव भएको व्यक्ति सीईओ हुन पाउने व्यवस्था रहेको छ।
स्वास्थ्य बीमा बोर्डद्वारा सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड बीमा भुक्तानी
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सरकारी र निजी अस्पताललाई ४ अर्ब ३८ करोड बीमा भुक्तानी गरेको छ ।बीमा बोर्डका अनुसार सेवा प्रदायक ४०० भन्दा बढी संस्थालाई ४ अर्ब ३८ करोड भुक्तानी गरेको हो । सरकारले चालू आर्थिक वर्षमा बीमा बोर्डलाई ७ अर्ब ५० करोड विनियोजन गरेको थियो । उक्त रकमले पनि नपुगेपछि शुक्रबार अर्थ मन्त्रालयले तीन अर्ब विनियोजन गरेको हो ।
‘अर्थ मन्त्रालयबाट आएको ३ अर्ब र बोर्डसँग भएको थप १ अर्ब ३८ करोड रकम ४ सयभन्दा बढी स्वास्थ्य संस्थामा भुक्तानी भएको छ,’ बीमा बोर्डका सुचना अधिकारी विवेक मल्लले भने ।स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था रहेका छन् । बीमा बोर्डको तथ्यांक अनुसार सेवा प्रदायक संस्थालाई मासिक २ अर्ब भुक्तानी गर्नुपर्ने हुन्छ ।
केआइआइटीमा विद्यार्थी पठाउन बन्द गरौँ’
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर ९एनओसी०’ दिन नहुनेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij