Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

तेह्रथुम पावरको १००% हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज जेठ ५ मा

तेह्रथुम पावरको १००% हकप्रद सेयर बिक्रीका लागि बुक क्लोज जेठ ५ मा

  •  

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न बुक क्लोज मिति जेठ ५ गते निर्धारण गरेको छ। यस अनुसार, जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर खरिद गर्न सक्नेछन्।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर जारी गरेपछि ८० करोड रुपैयाँ पुग्नेछ।

    हकप्रद सेयर बिक्रीको व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij