Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

एलन मस्कको स्टारलिंकको इन्टरनेट सेवा नेपालमा अवैध प्रयोग हुँदै

एलन मस्कको स्टारलिंकको इन्टरनेट सेवा नेपालमा अवैध प्रयोग हुँदै

  • काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अमेरिकी अर्बपति तथा मन्त्री एलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा अवैधरूपमा इन्टरनेट उपलब्ध गराइरहेको जनाएको छ ।हिमाल आरोहण गराउने कम्पनीहरुले अग्ला हिमालहरुको आधार शिविरमा धनाढ्य इलन मस्कको स्टारलिंक इन्टरनेट अवैधरुपमा सञ्चालन गरेको भन्दै प्राधिकरणले त्यस्तो नगर्न चेनावनी दिएको हो ।

    प्राधिकरणको अनुगमन महाशाखाले अग्ला हिमालहरुको बेस क्याम्पमा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले अनधिकृतरुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको सेटलाइट इन्टरनेट सेवा उपलब्ध गराउने गरेको सूचना पाएको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो।

    ‘उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीत भएकाले यस्तो कार्य नगर्न÷नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ। नेपाल सरकारको अनुमति नलिई वा प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी दूरसञ्चार (इन्टरनेट) सेवा उपलब्ध गराइरहेको र प्रयोग गरिरहेको पाइए दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कारवाही हुन्छ,’ प्राधिकरणको सूचनामा जनाइएको छ। 

    स्टारलिंक नेपाल आउन आतुर भएपनि कानुनी सुधार र सरकारी प्रतिबद्धता नहुँदा पूरा हुन सकेको छैन। गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओली र मस्कबीच भर्चुअल संवाद भएको थियो। त्यसअघि स्टारलिंका प्रतिनिधिले सरकारी अधिकारीहरु समक्ष डेमो समेत प्रस्तुत गरेको थियो ।

    प्राधिकरण स्रोतले स्टारलिंकको इन्टरनेट अवैधरुपमा चलिरहेको भन्ने सूचना प्राप्त भएको र त्यसबारे कारबाही अगाडि बढाइएको जनाएको छ ।प्राधिकरणले नेपालमा ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन बाइ सेटलाइट सेवा (जीएमपीसीएस) दिने दुईवटा कम्पनीलाई मात्रै अनुमति दिएको छ। त्यसबाहेक अरु कुनै पनि कम्पनीलाई प्राधिकरणले सेवा सञ्चालन गर्न अनुमति दिएको छैन।

    कन्स्टिलेसन प्रालि र आइफोर टेक्नोलोजी प्रालिलाई प्राधिकरणले जीएमपीसीएसको लाइसेन्स दिएको छ। कन्स्टिलेसनसँग १ हजार ५९ र आइफोर टेक्नोलोजीसँग १० जना ग्राहक छ

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij