Logo

May 17 2025 | २०८२, जेठ ३गते

May 17 2025 | २०८२, जेठ ३गते

images

बीमाप्रति विश्वास बढाउने गरी काम गर्न निर्देशन

बीमाप्रति विश्वास बढाउने गरी काम गर्न निर्देशन

  • काठमाडौँ । बिमा प्राधिकरणले   बीमाप्रति विश्वासनीयता बढाउने गरी जिम्मेवार पूर्वक काम गर्न निर्देशन दिएको छ । प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा वीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग भएको अन्तक्र्रियात्मक छलफलमा  अध्यक्ष शरद ओझाले जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

    बीमा कम्पनीहरूको जोखिमाङ्कन सही भएमा दाबी भुक्तानीमा समस्या नआउने बताउँदै अध्यक्ष ओझाले जोखिमाङ्कन सही रुपमा गर्न र बजारमा कुनै पनि समस्या नआउने गरी बीमा ऐन नियम बमोजिम काम गर्न निर्देशन दिए ।

    प्रदेश तथा स्थानीय स्तरमा बीमासम्बन्धी कुनै समस्या वा गुनासा भए प्राधिकरणलाई जानकारी दिन पनि उनले आग्रह गरे । कार्यक्रममा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले प्रदेश कार्यालयमा पर्याप्त अधिकार नभएको र जनशक्तिसमेत न्यून रहेको बताए । यसकारण कृषि बीमाको सिफारिश लिन र क्षतिको निरीक्षण गर्न कठिनाइ हुने गरेको, क्यासब्याकमा चलखेल हुने गरेको, अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, बीमासम्बन्धी जनचेतना बढ्न नसकेको र दाबी प्रक्रियालाई सरल बनाउन पनि प्राधिकरणले भनेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij