Logo

May 08 2025 | २०८२, वैशाख २६गते

May 08 2025 | २०८२, वैशाख २६गते

images

पाकिस्तानमाथि भारतको आक्रमण अमेरिकाका लागि निगरानी गर्न लायक र चीनका लागि खेदजनक टिप्पणी गर्न लायक

पाकिस्तानमाथि भारतको आक्रमण अमेरिकाका लागि निगरानी गर्न लायक र चीनका लागि खेदजनक टिप्पणी गर्न लायक

  • काठमाडौं । काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको आक्रमणबारे अमेरिकाले निगरानी गरिरहेको भनेको छ भने चीनले खेजजनक टिप्पणी गरेको छ । भारत र पाकिस्तानबीचको स्थितिबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया जनाउँदै    भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं।’

    रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ’लेखेका छन् ।रुबियोले भने  ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’

    यसैगरी अपरेशन सिन्दूर नाम दिएर भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई  चीनले खेदजनक भनेको छ ।पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको हो ।

    दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताए। उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।

    परम्परागतरूपमा अमेरिका र चीन दुवै पाकिस्तानका पक्षमा रहँदै आएका देशहरू हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij