
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। गत वर्ष सोही अवधिमा २ करोड २३ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।
नाफामा सुधारको प्रमुख कारण कम्पनीको खुद सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हो। गत वर्ष ६ करोड ११ लाख रुपैयाँ रहेको आम्दानी यो वर्ष १४ करोड ३६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। यद्यपि, कम्पनीको वितरणयोग्य नाफा अझै ५ करोड ९१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ छ भने जगडा कोष ९ करोड ९८ लाख रुपैयाँभन्दा बढी छ। तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ र ३२ करोड ९ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। कर्जा प्रवाह ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
निष्क्रिय कर्जा अनुपात भने सुधार हुनुको साटो बिग्रिएको देखिन्छ — गत वर्षको ४.९२% बाट बढेर ६.८४% पुगेको छ। यस त्रैमासमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ३० पैसा रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij