Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

उपकार लघुवित्तको तेस्रो त्रैमासमा नाफा २०६% ले उकालो, प्रतिसेयर आम्दानी रु. २८.११ पुग्यो

उपकार लघुवित्तको तेस्रो त्रैमासमा नाफा २०६% ले उकालो, प्रतिसेयर आम्दानी रु. २८.११ पुग्यो

  •  

    काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। संस्थाको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २०६.६६ प्रतिशतले वृद्धि भई २ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ७२ लाख ९८ हजार रुपैयाँभन्दा तीन गुणा बढी हो।
    संस्थाको खुद ब्याज आम्दानी १३.४८ प्रतिशतले बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो ९ करोड ४१ लाख रुपैयाँ थियो। सञ्चालन नाफा पनि १५९.६७ प्रतिशतले वृद्धि भई २ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८५ लाख ५३ हजार रुपैयाँ थियो।
    चुक्ता पुँजी  १० करोड ६१ लाख ४८ हजार रुपैयाँ

    जगेडा कोष : ११ करोड ९३ लाख रुपैयाँ

    प्रति सेयर आम्दानी : रु २८.११

    प्रति सेयर नेटवर्थ : रु २१२.४६

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij