Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

पूर्व सचिवहरूलाई सफाइ दिएको विशेषको पेमेन्ट गेट वेसम्बन्धी फैसला विरुद्ध अख्तियारद्वारा पुनरावेदन

पूर्व सचिवहरूलाई सफाइ दिएको विशेषको पेमेन्ट गेट वेसम्बन्धी फैसला विरुद्ध अख्तियारद्वारा पुनरावेदन

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवहरु मधुकुमार मरासिनी, सञ्जय शर्मा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललगायतलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने विशेष अदालतको फैसला उपर  प्रश्न उठाई सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । विशेष अदालतले  उनीहरु भ्रष्टाचारमा संलग्न भएको प्रमाणहरु हुँदाहुँदै पनि त्रुटिपूर्ण ढंगले  सफाई दिएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
    पूर्वसचिवहरु शर्मा र मरासिनीसहित प्रणिता उपाध्याय, सुनिल पौडेल, रामबहादुर बुढा, रमेशप्रसाद पोखरेल, रामशरण गायकविरुद्ध अख्तियार सर्वोच्चमा गएको हो ।विशेष अदालतले २५ वैशाख २०८१मा  राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने अनि त्यति नै रकम जरिवाना हुने फैसला गरेको थियो ।

    सोही समय  भ्रष्टाचार मुद्दा लागेका सचिव मधुकुमार मरासिनी सहित ६ जनाले सफाई पाएका थिए । विशेष अदालतले मरासिनी सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरु सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठलाई सफाइ दिएको थियो ।

    मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रुपमा विद्युतीय माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेट वे) स्थापनाको प्रयास भएको थियो । ६ वर्षअघि सूचना प्रविधि तथा सञ्चार मन्त्रालय मातहतको एनआईटीसीले राष्ट्रिय भुक्तानी प्रणाली(नेशनल पेमेन्ट गेटवे) स्थापना प्रक्रिया अघि बढाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij