Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

राप्ती हाइड्रोलाई १००% हकप्रद सेयर जारी गर्न अनुमति, पुँजी दोब्बर हुँदै

राप्ती हाइड्रोलाई १००% हकप्रद सेयर जारी गर्न अनुमति, पुँजी दोब्बर हुँदै

  •  

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। कम्पनीले १ः१ अनुपातमा, अर्थात् प्रत्येक सेयरधनीलाई बराबरको नयाँ सेयर दिने गरी, ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको हो। प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।

    हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी गरेपछि यो पुँजी दोब्बर भएर १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ।

    हकप्रद सेयर बिक्री प्रक्रिया सहज बनाउन कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

    साथै, राप्ती हाइड्रोमा राधी विद्युत कम्पनीको २१।०५ प्रतिशत सेयर लगानी रहेको छ, जसले यस कम्पनीको लगानीको आकर्षण थप बढाएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij