Logo

Sep 17 2025 | २०८२, असोज १गते

Sep 17 2025 | २०८२, असोज १गते

images

एनएमबि लघुवित्तको तेस्रो त्रैमासमा २ करोड ७५ लाख रुपैयाँ नाफा, गत वर्षको घाटाबाट सुधार

एनएमबि लघुवित्तको तेस्रो त्रैमासमा २ करोड ७५ लाख रुपैयाँ नाफा, गत वर्षको घाटाबाट सुधार

  •  

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनी ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएपछि संस्थाको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको हो।

    चैत मसान्तसम्म संस्थाले २७ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५८.८८ प्रतिशतले बढी हो। गत वर्ष यो आँकडा १७ करोड ५३ लाख रुपैयाँ थियो।

    सञ्चालन नाफाको हिसाबले पनि संस्थाले उल्लेखनीय प्रगति गरेको छ। अघिल्लो वर्ष ७ करोड ५० लाख रुपैयाँ घाटामा रहेको कम्पनी अहिले २ करोड ७४ लाख रुपैयाँ नाफामा पुगेको छ।

    हाल यस लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २० करोड ४ लाख रुपैयाँ रहेको छ।

    प्रतिसेयर आम्दानी ९भ्एक्० पनि सकारात्मक देखिएको छ। अघिल्लो वर्ष १३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको भ्एक् अहिले ५ रुपैयाँ ०९ पैसा नाफामा परिवर्तन भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.७९ रुपैयाँ रहेको छ, जसले संस्थाको वित्तीय सबलता संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij