Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

एसियन लाइफ इन्सुरेन्सलाई ४२% हकप्रद सेयर बिक्रीको अनुमति, चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्ने

एसियन लाइफ इन्सुरेन्सलाई ४२% हकप्रद सेयर बिक्रीको अनुमति, चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्ने

  •  

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्नको लागि ८८नेपाल धितोपत्र बोर्ड (सेबोन)८८बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले १ः०.४२ अनुपातमा, प्रतिकित्ता १०० रुपैयाँको दरमा, १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो।

    यस अनुसार, कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर निष्काशन हुनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेड यो हकप्रद सेयर निष्काशनको बिक्री प्रबन्धकको रूपमा रहनेछ।

    उक्त हकप्रद सेयर बिक्री सम्पन्न भएपछि एसियन लाइफको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँ नाघ्नेछ, जसले कम्पनीको वित्तीय संरचना अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij