Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

गभर्नर  छनोटको ढिलाइले कतै  सरकार ढल्न लागेको त होइन् ?

गभर्नर  छनोटको ढिलाइले कतै  सरकार ढल्न लागेको त होइन् ?

  • काठमाडौँ ।  गभर्नरकै छनोटले कतै सरकार त ढल्न लागेको होइन् भन्ने चर्चा तीव्र हुन थालेको छ । सत्ताधारी दल नेपाली कांग्रेसले आफू निकटलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न चाहना दरो बनाएपछि चलेको चलखेलले नियुक्ति ढिला हुन गइरहेकाले यस्तो चर्चा चलेको  हो ।

    पछिल्लो समय कांग्रेसले गभर्नरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा मौजुदा विवादित बनेको गभर्नर छनोट समितिका सदस्य विश्व पौडेलको नाम अगाडि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेयता कतै गभर्नर नियुक्तिले नै सरकार त ढल्ने होइन् भनी चर्चा तीव्र भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन नाम दिएपनि त्यसलाई अगाडि बढाउन उत्सुक देखिएनन् । भट्टको नाममा तीन साताअघि समझदारी भएको भनिएको थियो । यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिए ।  तर राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा नै स्वीकृत गरिनन् । सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको सम्बद्ध स्रोतको भनाइ छ । दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।

    प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायत नेता बालुवाटारको बैठकमा सहभागी थिए । बैठकमा गभर्नर नियुक्ति चाँडै गर्ने समझदारी भएको गभर्नर नियुक्तिमा विवाद नभएको बताएपनि गृहमन्त्री लेखकले राष्ट्र बैंकमा प्रक्रियागत जटिलताले ढिलाइ हुन पुगेको बताए । उनका अनुसार अब एक साताभित्र गभर्नर नियुक्ति हुनेछ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो समय सरकार आफ्नै भारले ढल्ने  आफूहरूलाई ढाल्न नपर्ने जस्ता अभिव्यक्ति दिँदै आएका छन् । 

    ढिलाइ हुने अवस्था त्यसै देखिने भयो । दुई दलबीच सहमति भए पनि नभएपनि  पौडेलले छनोट  सिफारिस समितिबाट राजीनामा दिनुपर्ने अवस्था त्यसै आइपुगेको छ । समतिका एक सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सामेल गरिएको छ ।  यो विषय सर्वोच्चमा पुगेको छ । छनोट समिति अधिकारी सेवा निवृत हुन अघि बनेकाले त्यसमा अधिकारीलाई सामेल गर्नु भनेको प्रक्रियागतरूपमा सही नदेखिएको हो ।

    यस्तै हुने भने पौडेलले राजीनामा दिएर अर्को छनोट समिति सोमबारको मन्त्रिपरिषद् बैठकबाट बन्ने  र बिहीबारसम्म नयाँ नियुक्ति हुन सक्ने अनुमानका आधारमा लेखकले एक साता भित्र गभर्नर नियुक्त हुने पर्यवेक्षकहरूको भनाइ छ । राजनीतिमा रात गए अग्राख पलाउने कथन दृष्टान्त हुने गरेको छ । आन्तरिक र बाह्य राजनीतिक फेरिएको अवस्थामा सरकार फेर्ने कुरो गत वर्ष बजेट अधिवेशनमै सरकार फेरिन पुगेको धेरै भएको छैन् ।  त्यसैले यो एक सातामा जेसुकै हुन सक्ने बताउँदै यस्ता चर्चामा समेल हुनेहरूको भनाइका अधारमा कतै गभर्नर नियुक्तिकै ढिलाइमा सरकार त ढल्ने होइन् ?

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij