Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

नेसनल लघुवित्तको नाफामा ९०% भन्दा बढी वृद्धि

नेसनल लघुवित्तको नाफामा ९०% भन्दा बढी वृद्धि

  • काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९०.०५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष संस्थाले १९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो।संस्थाको खुद ब्याज आम्दानी ५९ करोड २३ लाख रुपैयाँबाट बढेर १ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यही आम्दानी वृद्धि नै नाफा वृद्धिको मुख्य कारण भएको विश्लेषण गर्न सकिन्छ।संस्थाले यस अवधिमा ११ करोड ८६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। त्यसपछि पनि ३५ करोड ५५ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ, जुन शेयरधनीहरूको दृष्टिमा सकारात्मक संकेत हो।

    चुक्ता पुँजी: १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ

    जगेडा कोष: १ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ

     

    प्रति सेयर नेटवर्थ: २३०.८५ रुपैयाँ

     (गैर(प्रदर्शनकारी कर्जा): ३.९१ प्रतिशत

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij