Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

उभौली–उधौली: कृषिमा आधारित किरातको परम्परागत चक्र

उभौली–उधौली: कृषिमा आधारित किरातको परम्परागत चक्र

  • काठमाडौँ ।किरात समुदाय आजको दिनलाई विशेष मान्दै उभौली पर्व उल्लासपूर्वक मनाउँदैछ। प्राकृतिक शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, अन्नबाली राम्रो होस्, देशमा खाद्यान्नको अभाव नहोस् भन्ने कामनासहित यो पर्व मनाइने गरिन्छ।

    उभौली पर्वमा ‘चण्डी नाच’ हुने भएकाले आजलाई चण्डी पूर्णिमा पनि भनिन्छ। चण्डी पूर्णिमा भन्नाले देवी सुमनिमा अर्थात् पार्वतीको उत्पत्तिको सम्झना गरिने दिन पनि हो। यही कारणले यो पर्वलाई सांस्कृतिक महोत्सवको रूपमा समेत व्यापक रूपमा मनाइन्छ।

    कृषिमा आधारित किरात समुदायका लागि उभौली र उधौली पर्व अत्यन्त महत्वपूर्ण छन्। वैशाख शुक्ल पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीले रोपाईंको सुरुवात जनाउँछ भने उधौलीले बाली भित्र्याउने समय सूचित गर्छ। किरात धर्मअनुसार, उभौलीको समय सृष्टिकर्ता सुमनिमा र पारुहाङले सृष्टिको रक्षा गर्छन् भन्ने विश्वास रहिआएको छ।

    यो पर्व एक महिनासम्म मनाइन्छ र यस अवधिमा प्रकृति, मौसम, देवता, पृथ्वी आदि तत्वहरूको पूजा गरिन्छ। परम्परागत पोशाकमा सजिएर किरात समुदायका महिला–पुरुष सामूहिक रूपमा गोलबद्ध भएर नाचगानमा रमाउने गर्छन्। पुरुषहरू दौरा–सुरुवाल, लेकाली कोट, नेपाली टोपीसहित खुकुरी भिरेर नाच्छन् भने महिलाहरू चौबन्दी चोली, फरिया, पटुकी र पहेँला गरगहनामा सजिएर सहभागी हुन्छन्।

    सांस्कृतिक प्रस्तुतिमा चौँरीको पुच्छर, चमर, पोमी, सिम्कौली सेउली आदि झुलाउँदै "सोई ढोले, सोई अर्को ढोले खोई" भन्दै नाचिने चलन छ। यस क्रममा स्याउला, झ्याम्टा, ढोल, बिनायो, हारी लगायतका परम्परागत वाद्ययन्त्रहरू बजाइन्छन् र धान काट्ने, दाउनी गर्ने जस्ता कृषि कार्य झल्काउने मुद्रामा नाचिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij