Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

सन नेपाल लाइफको १०६ करोडको हकप्रद शेयर आजदेखि खुला, २७% सम्म आवेदन योग्य

सन नेपाल लाइफको १०६ करोडको हकप्रद शेयर आजदेखि खुला, २७% सम्म आवेदन योग्य

  • काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (बैशाख ३० गते) देखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बराबरको हकप्रद शेयर सार्वजनिक गर्दैछ। शेयरधनीले १ कित्ताको अनुपातमा ०.२७ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर निष्काशन गर्दैछ, जसको मूल्य १ अर्ब ६ करोड ९६ लाख रुपैयाँभन्दा बढी हुन्छ।

    हकप्रदका लागि कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। आवेदनको अन्तिम म्याद जेठ १९ गतेसम्म निर्धारण गरिएको छ।

    केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ‘केयर एनपी BBB’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतस्तरको रहेको देखाउँछ।

    शेयर बिक्री व्यवस्थापनको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले लिएको छ। आवेदन बिक्री प्रबन्धक, कम्पनीका कार्यालय वा सि–आस्वा प्रणालीमार्फत गर्न सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ, जुन हकप्रद बिक्रीपछि ५ अर्ब ३ करोड रुपैयाँ नाघ्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij