
काठमाडौँ । सरकारले निक्कै महत्व दिएर जेठ २ देखि ४ सम्म काठमाडौंमा तीन दिने सगरमाथा संवादको आयोजना गर्न लागेको छ । अहिलेसम्म कुनै देशका सरकार तथा राष्ट्र प्रमुखको तर्फबाट हुने सहभागिताको सुनिश्चितता नभएको जनाइएको हो ।
सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मंगलबार पत्रकार सम्मेलन गरेर १२ देशबाट उच्च तहका प्रतिनिधि सहभागी हुने जानकारी दिइन्।पत्रकार सम्मेलनमा उनले जानकारी सर्वाजनिक गर्दै जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यस प्रकार रहेको छ ।
माननीय वन तथा वातावरण मन्त्री एवं यस व्यवस्थापन समितिका सहसंयोजकज्यू
मुख्य सचिव, सचिवहरू लगायत संवाद सचिवालयका सदस्यहरू
विभिन्न मिडियाका प्रतिनिधि मित्रहरू एवं live मा जोडिनुभएका सम्पूर्ण पत्रकार मित्रहरू
नमस्कार र Good Afternoon,
हाम्रो निमन्त्रणा स्वीकार गरी यस Briefing मा सहभागी हुनुभएकोमा सर्वप्रथम यहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै, परराष्ट्र मन्त्रालयको यो नयाँ हलमा यहाँहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ। यो हलको उपयोग सगरमाथा संवाद सम्बन्धी मिडिया ब्रिफिङबाट गर्नु एक महत्वपूर्ण अवसर पनि हो।
हामीले आज यो व्रिफिङ सगरमाथा संवादको तयारीका सम्बन्धमा यहाँहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले आयोजना गरेका हौं। यहाँहरू सबैलाई थाहा नै छ नेपाल सरकारले सगरमाथा संवादको First Edition आगामी १६ देखि १८ मे २०२५ (तदअनुसार २०८२ जेठ २ देखि ४) सम्म काठमाडौंमा आयोजना गर्दैछ। यस पटकको थिम Climate Change, Mountains and the Future of Humanity रहेको छ।
संवादको विषयलाई मुखरित गर्न एवं यो महत्वपूर्ण विषयलाई सबैसामु पुर्याइ कार्यक्रमका सन्दर्भमा एउटा माहोल सृजना गर्ने दिशामा यहाँहरू सबैको साथ र सहयोग एवं भूमिकाका लागि म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
सगरमाथा संवाद नेपालले स्थापना गरेको एक International Forum हो जहाँ मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा संवाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ।यस विषयमा म धेरै बोल्न चाहिन किनभने यहाँहरूले यसका विभिन्न पक्षहरूमा यसपूर्व नै धेरै जानकारी हासिल गरिसक्नुभएको छ। म यहाँ देख्दैछु यहाँहरू मध्ये धेरैले यस विषयमा news coverage गरिरहनु भएको छ। यो हामी सबैको साझा सरोकारको विषय हो भन्नेमा यहाँहरूले कलम चलाई राख्नुभएकै छ। तसर्थ म मूलतः छ वटा विषयमा मात्र केन्द्रित रहन्छु।
संवादको तयारी हाल अन्तिम चरणमा पुगेको छ। हामीले तयारीका विभिन्न चरणहरू पार गरी आज यहाँसम्म आइपुगेका हौं। तयारीका सम्बन्धमा हामीले विभिन्न समयमा पत्रकार सम्मेलनहरू आयोजना गरी यहाँहरूलाई जानकारी पनि गराइरहेकै छौं। संवादको website र Social media handles बाट जानकारी, सन्देश र तयारीका बारेमा विविध विवरणहरू हामीले सार्वजनिक गरिनै राखेका छौं।
यस विषयमा थप जानकारी दिनु अघि म पूर्वतयारीका कार्यक्रमहरू छोटकरीमा उल्लेख गर्न चाहन्छु। हामीले १० वटा जति Pre-Sambaad programmes लगायतका तयारीहरू पनि पूरा गरेका छौं। यस सन्दर्भमा आयोजित कार्यक्रमहरू २१ अप्रिल २०२५ मा जुम्लामा सम्पन्न Himali Dialogue, काठमाडौंमा २६ अप्रिल २०२५ मा सम्पन्न BaYu Sambaad लगायत ३ मे २०२५ मा परराष्ट्र मन्त्रालयले आयोजना गरेको Pre-Sambaad हुन। यी लगायत तयारीका दौरानमा आयोजित अरू थुप्रै कार्यक्रमका सम्बन्धमा पनि यहाँहरू जानकार नै हुनुहुन्छ।
तीन दिनसम्म सञ्चालन हुने यस संवाद कार्यक्रममा देहायका sessions रहनेछन्:
मुख्य कार्यक्रमहरूः
सहायक कार्यक्रमहरूः
मैले अघि उल्लेख गरेका मुख्य पाँचवटा कार्यक्रमका अतिरिक्त देहायका सहायक वा अतिरिक्त कार्यक्रमहरू पनि यस संवादमा सञ्चालन गर्ने गरी तय गरिएको छ।
संवादमा करिब १७५ जना विदेशी पाहुनाहरू सहित करिब त्यतिकै संख्यामा नेपाली सहभागीहरू गरी जम्मा करिब ३५० जना सहभागीहरूले भाग लिनुहुनेछ। जसमा १२ देशबाट उच्च तहबाट प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छ जस्मा Parliamentary Vice Chairman देखि मन्त्रीज्यूहरु लगायत हुनुहुन्छ।
साथै, SAARC, BIMSTEC, World Bank, ADB, Loss and Damage Fund, IPCC, UNFCCC, UN-ESCAP, IRENA, Alpine Convention र विकास सहायता संस्था, विश्वविद्यालय, थिंकट्याङ्क, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायतबाट ६१ विदेशी र दर्जनौ स्वदेशी संगठन एवं संस्थाहरूले पनि यस संवादमा भाग लिनुहुनेछ।
यस संवादका सबै कार्यक्रमहरू द सोल्टी होटलमा आयोजना गरिनेछ।
संवादमा सहभागी हुनुहुने विदेशी उच्चस्तरीय पाहुनाहरूले सम्माननीय प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेटघाट लगायत समकक्षी मन्त्रीज्यूहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था पनि मिलाइएको छ। संवादमा सहभागी उच्चस्तरीय प्रतिनिधिमण्डलहरू एकअर्काबीच भेटघाट तथा वातचित गर्न चाहेमा त्यसको पनि व्यवस्था मिलाइएको छ।
यस संवादका सबै कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरिने छ। भेन्युमा आउन चाहने मिडियाका मित्रहरूका लागि हामीले यस अघि नै दर्ता प्रकृया शुरू गरेका छौं। सामाजिक सञ्जाल दूतका रूपमा काम गर्न चाहानेहरूका लागि छुट्टै आब्हान पनि गरिएको थियो जसअनुसार हाल धेरैजना यसमा जोडिसक्नुभएको छ। कार्यक्रमस्थलमा Media Centre, Briefing Room र अन्तर्वार्ता कक्षको पनि व्यवस्था गरिएको छ। स्थान अभाव भएपनि सकेसम्म धेरैभन्दा धेरै संञ्चार प्रतिनिधिहरूको सहभागिता होस भन्ने उद्देश्य राखेका छौं। यो समस्या यहाँहरूले बुझिदिनु हुनेछ भन्ने अपेक्षा पनि राखेका छौं।
सगरमाथा संवाद सम्बन्धी थप जानकारी संवादको वेवपेज https://sagarmathasambaad.org/ लगायत संवादका social media handles जस्तै X, Facebook, Instagram, LinkedIn लगायतबाट लिन सकिनेछ। यो कार्यक्रम हामी सबैको साझा सरोकारको विषय भएकोले यहाँहरूको साथ, सहयोग र अपनत्वको अपेक्षा राखेका छौं।
***
अन्त्यमा, नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने हाम्रो दृढ विस्वास रहेको छ। विश्वव्यापी मुद्दाहरूमा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको छ। यो संवाद नेपालको विश्वव्यापी मञ्च हो। यो संवाद नेपालका लागि मात्र नभइ सबैका लागि common platform एवं एक महत्वपूर्ण अवसर पनि हो।
मेरो भनाई अहिले यहाँ अन्त्य गर्न चाहन्छु।
यहाँहरूका कुनै जिज्ञासा, प्रश्न, सल्लाह वा सुझाव भएमा राख्न सक्नुहुन्छ। म सँग यहाँ व्यवस्थापन समितिको सहसंयोजक लगायत मुख्य सचिव र सचिवज्यूहरू सबै हुनुहुन्छ।
धन्यवाद।
***
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij