Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

भारतमा भएको  हाइरक्स  फिटनेस (HYROX )मा नेपाली खेलाडी कमलराज भाटले जिते पहिलो स्थान

भारतमा भएको  हाइरक्स  फिटनेस (HYROX )मा नेपाली खेलाडी कमलराज भाटले जिते पहिलो स्थान

  • काठमाडौँ । नेपाली खेलाडी कमलराज भाटले भारतको मुम्बईमा आयोजित हाइरक्स (HYROX ) प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् ।  गत मे ३ र ४मा भारतको मुम्बईमा भएको विश्वव्यापी फिटनेस प्रतियोगिता (HYROX)  मा नेपाली खेलाडी कमलराज भाटले १६/२४ उमेर समूहमा पहिलो स्थान हासिल गरेका हुन् ।

    विश्वभरबाट १६ सय ५० भन्दा बढी खेलाडी सहभागी उक्त प्रतियोगितामा विश्वका ठुल्ठुला राष्ट्रका खेलाडीहरूलाई परास्त गर्दै नेपालबाट प्रतिनिधित्व गरेका कमलराज भाट पहिलो भएका हुन् । २५ ओटा देशबाट १६ सय ५० खेलाडीहरू सहभागी उक्त विश्व व्यापी फिटनेस प्रतियोगिता गत मे  ३ र ४मा मुम्बईमा भएको थियो ।

    k3.jpg

    नेपालमा हाइरक्स संस्थागत  रुपमा अहिलेसम्म खेलिएको छैन् । हाइरक्स (HYROX) को नेपालमा कुनै ट्रेनिङ सेन्टर वा क्लब छैनन् । यद्यपि व्यक्तिगतरूपमा कमलराज भाटले यो प्रतियोगिता जित्नुले नेपालको नाम विश्वमा परिचित भएको छ । ज्यास्मिन(JASMINE) फिटनेस क्लबमा ट्रेनिङ गरेका कमलराज भाट हाइरक्स (HYROX) का खेलाडीमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने पहिलो नेपाली हुन् । हाइरक्स (HYROX) मा ८ किलोमिटर दौड, ८ किसिमका फंगसनल प्रतियोगितालगायत पर्दछन् । यो खेल फिटनेससँग सम्बन्धित हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij