Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेपालमा चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागू हुने

नेपालमा चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम लागू हुने

  • काठमाडौँ। नेपालमा चार्टर्ड एकाउन्टेन्सी (CA) शिक्षालाई थप सान्दर्भिक र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउन नयाँ पाठ्यक्रम लागू गरिने भएको छ।

    लेखा व्यवसाय नियमन गर्ने संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) ले अन्तर्राष्ट्रिय संस्था ICWAI (Institute of Cost Accountants of India) सँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम तयार गरेको हो।

    ICAN का अनुसार, उक्त नयाँ पाठ्यक्रम क्रमशः CA शिक्षाको पहिलो तहमा डिसेम्बर २०२५, दोस्रो तहमा डिसेम्बर २०२६ र तेस्रो तहमा जुन २०२८ बाट लागू गरिनेछ।

    नयाँ पाठ्यक्रम अन्तर्राष्ट्रिय लेखा महासंघ (IFAC) द्वारा निर्धारित शैक्षिक मापदण्डहरूको आधारमा तयार गरिएको हो, जसले नेपालको लेखा शिक्षा प्रणालीलाई विश्वस्तरको बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

    ican.png

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij